अभिनेता दयाहाङ राई नेपाली दर्शकका प्रिय कलाकार हुन् । उनले जसरी बोलेपनि,
जसरी हिँडे पनि, जसरी बसेपनि, जे गरेपनि सबैलाई राम्रो लाग्छ । उनलाई
सिनेमामा लिन निर्माता तथा निर्देशकहरु पनि लाईनमा हुन्छन् । उनका एक पछि
अर्को सिनेमाहरु रिलिज पनि भईरहेका छन् । सम्भवत वर्षमा मुख्य अभिनेता
मध्ये उनका जति सिनेमा अरुका रिलिज हुँदैनन् । दया सोमबार मात्रै सिनेमा
‘नेप्टे’मा अनुबिन्धत भएका छन् । हाल उनको हातमा भएको सिनेमा ‘झोले–२’
छायांकन गर्न बाँकी नै छ ।
Loading...