खगेन्द्र दाहाल, नेपालगन्ज २५ चैत । नेपालगन्जको जमुनाह भन्सार
क्षेत्र नजिकका होटल, ठेलाहरुमा नेपालको भन्दै नक्कली अण्डा विक्रि हुदै
आएको पाइएको छ । नेपालले प्रतिबन्धित गरेको भारतीय अण्डालाई लुकाई छिपाई
भित्र्याई नेपालको कुखुराको अण्डा भन्दै विक्रि गर्ने गरेको पाइएपछि नक्कली
भएकोे तथ्य खुलेको हो ।

केहि महिना अघि पशु क्वारेन्टाइनको अगुवाईमा भन्सार क्षेत्रमा सरोकारवालाले अनुगमन गरेर प्रतिवन्धित अण्डा विक्रि नगर्न निर्देशन दिएको थियो । अनुगमन टोलिले दिएको निर्देशन त्यहाँका व्यापारीले मानेका छैनन् । हाल प्रतिवन्धित अण्डालाई ल्याएर चिया पत्तीको पानिमा उमालेर नेपालको कुखुराको अण्डा जस्तै रङ्ग देखिने भएकाले उपभोक्तालाई झुक्काएर विक्रि गर्ने गरेका छन ।

यस्तो क्रियाकलाप खुलेयाम भैरहदा प्रहरी प्रसासनले भने कुनै कदम चालेको देखिएको छैन । एक दर्जन पसल लगाएत आधा दर्जन जति ठेलामा विक्रि हुने अण्डा प्राय भारतिय कुखुराका हुन । पशु क्वारेन्टाईन कार्यालय नेपालगन्जका प्रमुख वरिष्ठ पशु चिकित्सक डा।शकर सापकोटाले झुक्काएर नेपालको भन्दै नक्कली भारतिय अण्डा विक्रि गरेको खबर जानकारीमा आएको बताए । प्रमुख सापकोटाले नक्कली अण्डा विक्रि गर्नेलाई कारवाहिको दायरामा ल्याउने बताए । source:etajakhabar

Loading...