स्थानीय निर्वाचनमा सबै स्थानीय निकायका
प्रत्येक वडामा चुनावी दौडमा रहेका दलहरूले एकजना दलित महिलालाई सदस्य पदमा
अनिवार्य उम्मेदवार बनाउनुपर्ने नीति छ । दलित महिलालाई उम्मेदवार बनाउन
नसके त्यो पद खाली रहन्छ र त्यो पदमा अरू महिलालाई उम्मेदवार बनाउन पाइँदैन
। विराटनगर ११ मा अरू दलित महिला उम्मेदवारका आकांक्षी नभेटिएपछि पार्टीले
परियारलाई दलित महिला कोटाबाट वडा सदस्यको उम्मेदवार उठाउने निश्चित भएको
एमाले विराटनगर ११ का अध्यक्ष सुरज श्रेष्ठले बताउनुभयो ।
ष्ठका अनुसार पार्टीमा सक्रिय र दलित
महिला पनि भएकाले एमालेले परियारलाई वडा सदस्यको उम्मेदवार बनाउने भएको हो ।
'दलित महिला कोटाबाट स्थानीयस्तरमा भिजेको उम्मेदवार पार्टीलाई चाहिने
भयो', उहाँले भन्नुभयो, 'त्यही भएर पार्टीको रोजाइमा उहाँ पर्नुभएको हो ।'
श्रेष्ठका अनुसार पतिसँग सम्बन्ध विच्छेद गरेर पतिको नामबाट लिएको नागरिकता
रद्द गर्दै माइतीको थरबाट नागरिकता बनाएपछि पार्टीले उहाँलाई दलित महिला
कोटाबाट उम्मेदवार बनाउने भएको हो ।
नागरिकतामा पतिकै थर भएकाले दलित महिला कोटामा चुनावमा उठ्न नपाइने भइयो । अलगअलग भएपछि औपचारिक रूपमै सम्बन्ध टुटाएर माइतीको थरमा नागरिकता बनाउँदा चुनावमा उठ्न पाइने भएपछि सम्बन्ध विच्छेद गरेकी हुँ । -रिंकुदेवी परियार
स्थानीय सवदनारायण सरदार थारूसँग
रिंकुदेवीको १८ वर्षअघि प्रेम विवाह भएको थियो । उहाँका दुई छोरा छन् ।
विवाह भएपछि उहाँले पतिकै नाम र थरबाट नागरिकता लिनु भएको थियो । पतिले ११
वर्षअघि कान्छी पत्नी भित्र्याएपछि दुईजनाबीच राम्रो सम्बन्ध थिएन ।
सम्बन्ध सुमधुर नभएपछि पतिसँग अलग्गै बस्दै आएको उहाँले बताउनुभयो । '
श्रीमान्ले सौता हालेपछि सम्बन्ध राम्रो हुन सकेन । हामी अलगअलग बस्दै आए
पनि सम्बन्ध विच्छेद भने गरेका थिएनौं', रिंकुदेवीले भन्नुभयो, 'नागरिकतामा
पतिकै थर भएकाले अहिलेको चुनावमा उठ्न नपाइने भइयो । अलगअलग भएपछि औपचारिक
रूपमै सम्बन्ध टुटाएर माइतीको थरमा नागरिकता बनाउँदा चुनावमा उठ्न पाइने
भएपछि उम्मेदवार उठ्न सम्बन्ध विच्छेद गरेकी हुँ ।'
उहाँका अनुसार पतिको नामबाट लिएको
नागरिकता उम्मेदवारको बाधक बनेपछि विकल्पका रूपमा सम्बन्ध विच्छेदलाई
रोजिएको हो । सरदार थारू दलित समुदायमा पर्दैनन् । श्रीमान्को नामबाट
नागरिकता लिँदा रिंकुदेवीको थर पनि सरदार थारू नै थियो । 'एमालेले मलाई
दलित महिला कोटाबाट उम्मेदवार बनाउने भयो', उहाँले भन्नुभयो, 'पतिको नामको
नागरिकताले दलित नभएको देखाएपछि झन्डै निर्वाचनमा उम्मेदवार हुनबाटै वञ्चित
हुनु परेको थियो ।'
सम्बन्ध विच्छेद गरेर पतिको नामबाट लिएको
नागरिकता रद्द गरी माइतीको थरबाट अर्को नागरिकता लिएपछि आफूलाई दलित महिला
कोटाबाट उम्मेदवार बन्ने बाटो खुलेको रिंकुदेवीको भनाइ छ । उहाँको नयाँ
नगरिकतामा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राजनप्रसाद रेग्मीको
हस्ताक्षर छ ।
माइतीको थरबाट नागरिकता लिन पूरा गर्नुपर्ने प्रक्रियाबारे जानकारी लिन उहाँ जिल्ला प्रशासन कार्यालय पुग्नुभएको थियो । कार्यालयका प्रशासकीय अधिकृत नवराज कार्कीले पतिसँग सम्बन्ध विच्छेद नगरिकन पहिलेको नागरिकता रद्द गरेर माइतीको थरबाट नागरिकता दिन नमिल्ने बताएपछि उहाँ सम्बन्ध विच्छेदका लागि अदालत पुग्नुभएको थियो ।
माइतीको थरबाट नागरिकता लिन पूरा गर्नुपर्ने प्रक्रियाबारे जानकारी लिन उहाँ जिल्ला प्रशासन कार्यालय पुग्नुभएको थियो । कार्यालयका प्रशासकीय अधिकृत नवराज कार्कीले पतिसँग सम्बन्ध विच्छेद नगरिकन पहिलेको नागरिकता रद्द गरेर माइतीको थरबाट नागरिकता दिन नमिल्ने बताएपछि उहाँ सम्बन्ध विच्छेदका लागि अदालत पुग्नुभएको थियो ।
नागरिकतामा पतिकै थर भएकाले दलित महिला कोटामा चुनावमा उठ्न नपाइने भइयो । अलगअलग भएपछि औपचारिक रूपमै सम्बन्ध टुटाएर माइतीको थरमा नागरिकता बनाउँदा चुनावमा उठ्न पाइने भएपछि सम्बन्ध विच्छेद गरेकी हुँ ।
रिंकुदेवी परियार
source:annapurnapost.com
Loading...