.

काठमाडौं महानगरभित्रका घरको रङ एउटै पारिने

Image result for घरको रङ एउटै२० चैत, काठमाडौं ।
काठमाडौं महानगरपालिकाले सडकको धुलो सफा गर्न १० वटा ब्रुमर मेसिन खरिद गर्ने भएको छ । आगामी तीन महिनाभित्र महानगरमा सडक सफा गर्ने ब्रुमर आइसक्नेछ । महानगरले १० वटा ब्रुमर २५ करोड रुपैयाँमा खरिद गर्ने भएको छ । महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले अर्थ मन्त्रालयको सहमतिमा तीन–चार महिनाभित्रै ब्रुमर आइसक्ने बताए । ‘उपत्यकामा धुलोको मात्रा बढेको छ । मेलम्ची खानेपानी र सडक विस्तारले उपत्यका धुलोमा परिणत भएको छ । यसबाट मुक्त गराउने महानगरको प्रयास हो । यसैका लागि १० वटा बु्रमर मेसिन खरिद गर्न लागिएको हो,’ उनले भने ।
ब्रुमर खरिद गर्न टेन्डर आह्वान गरिँदै
सार्वजनिक खरिद ऐनअनुसार खरिद गरिँदा ब्रुमर आइपुग्न केही समय लाग्ने महानगरपालिकाले जनाएको छ । ‘मेसिन खरिद गर्दा टेन्डर आह्वान गर्नुपर्छ । यसका लागि ३५ दिन त्यत्तिकै जान्छ । टेन्डर छान्दा अर्को महिना बित्छ, सोही कारण बु्रमर आउन ढिलो हुन सक्छ । तर, हाम्रो प्रयास जतिसक्दो चाँडो बु्रमर ल्याउने हो,’ पौडेलले भने । महानगरपालिकाका अनुसार महानगरपालिकाकै बजेटमा ब्रुमर खरिद गर्न लागिएको हो । महानगरसँग हाल करिब दुई अर्ब रुपैयाँ मौज्दात छ ।
महानगरपालिकाले यही रकमबाट बु्रमर खरिद गर्न लागेको हो । ब्रुमर खरिदका लागि महानगरले सरकारको सहमति भने लिनेछ । ‘महानगरपालिकासँग तत्काल खर्च गर्नसक्ने गरी एक अर्ब रुपैयाँ बैंक मौज्दात छ । आर्थिक वर्षको अन्तिमसम्ममा अर्को एक अर्ब रुपैयाँ जम्मा हुनेछ । यही रकमले बु्रमर खरिद गर्ने हो । छिमेकी मुलुकबाट ब्रुमर खरिद गर्ने तयारी हुँदै छ,’ कार्यकारी अधिकृत पौडेलले भने ।
महानगरभित्रका घरको रङ एउटै पारिने
काठमाडौं महानगरपालिकाले घरको रङसमेत एकै खालको बनाउने योजना ल्याएको छ । एक वर्षभित्र महानगरभित्र एउटै सडक र एउटै गल्लीमा बनेका घरको रङ एकै खालको बनाउने नीति ल्याइनेछ । सडकबाट देखिने प्रत्येक घरको भित्ता प्लास्टर गर्न लगाइनेछ । प्लास्टरपछि घरको प्रत्येक भित्तामा एकै खालको रङ लगाउन लगाइनेछ । निजी घर र व्यापारिक घरअगाडि अनिवार्य रूपमा फोकस लाइट राखिने र सहरी सडक सौर्य बत्तीले उज्यालो परिनेछ ।
तिनकुनेमा दुबो रोपिने
महानगरपालिकाले विवादका कारण अलपत्र परेको तिनकुनेस्थित खाली जग्गालाई ६ महिनाभित्र हरियाली गर्ने भएको छ । खाली जग्गामा दुबो रोपिनेछ । जग्गाको मुआब्जा समस्या समाधान गरी वरिपरि वृक्षरोपण गरिनेछ । महानगरपालिकाले तिनकुनेदेखि एयरपोर्टसम्मै बगैँचा लगाउनेछ ।
महानगरका कर्मचारी अब १८ घन्टे ड्युटीमा
काठमाडौं महानगरपालिकाले मातहतका कार्यालयमा दैनिक १८ घन्टा कर्मचारी खटाउने भएको छ । महानगरपालिकाका अनुसार आगामी एक महिनाभित्र मातहतका सबै कार्यालयमा बिहान ७ देखि बेलुका १० बजेसम्म कर्मचारी खटिनेछन् । यसका लागि महानगरपालिकाले तीन सिफ्ट मिलाउने व्यवस्था गरेको छ । पहिलो सिफ्ट १ देखि ११ बजेसम्म, दोस्रो सिफ्ट १२ देखि ५ बजेसम्म र तेस्रो सिफ्ट ५ देखि राति १० बजेसम्मका लागि हुनेछ । आजको नयाँ पत्रिकामा खबर छ ।
Loading...
Share on Google Plus