सुनसरी ।
सुनसरीकाे धरान १६जोरसखुवास्थित धर्मपुत्रीकाे रूपमा पालिएकी १३ बर्षीया एक
बालिकाकाे रहस्यमय मृत्यु भएपछि तिन दिन यता बालिकाकाे हत्या भएकाे भन्दै
धरानबासीहरू अान्दाेलनमा उत्रेका छन । जोरसखुवा छेउ बस्ने बलिमान राई र
पदमकुमारी राईले धर्मपुत्रीको रुपमा पालेकी १३ बर्षिया बालिका अनुसा राईकाे
साेमबार राती रहस्यमय मृत्यु भएपछि अाफन्त तथा धरानवासिहरूले बालिकाकाे
हत्या भएकाे भन्दै अान्दाेलनमा उत्रेका हुन ।
सदै
बिहान देखिने बालिका मंगलबार बिहान नदेखिएपछि छिमेकीहरूले साे बालिकाकाे
खाेजी र चासाे लिन सुरू गरेका थिए तर एकाएक बालिकाकाे मृत्यु भैसकेकाे र
अन्तिम संस्कारकाेलागि काठकाे बाकस बनाएर घाटतर्फ लैजान लागेकाे थहाँ भएपछि
अाफन्त एवम स्थानीयहरूले प्रहरीलार्इ खबर गरेका थिए ।
घटनाकाे सत्य तथ्य छानविन गरी दाेषीलार्इ
कडा भन्दा कडा कार्वाहीकाे माग गर्दै बालिकाका अाफन्तहरूले तिन दिन देखी
प्रहरी प्रसाशन र जोरसखुवास्थित बलिमान राई र पदमकुमारी राईबिरूद्ध
प्रदर्शन गर्न थालेका छन । स्थानीयहरूका अनुसार बालिकालार्इ गाउलेकाे अघि
मेराे छाेरी भन्ने गरेपनि रार्इद्वयले साझमा निर्घाट कुटपिट गर्ने र
त्यसैकाे यातना खप्न नसकेर बालिकाले बिष सेवन गरेकाे हुने सक्ने अनुमान
लगाउदै अाएका छन ।
स्थानिय सियोन स्कुलको कक्षा तिनमा पढ्दै
अाएकी बालिकाकाे अन्तिम संस्कारकाे लागि तयारी गर्दागर्दै राेकेर शवलार्इ
प्रहरीले नियन्त्रणमा लिएर छानविन अघी बढाएकाे । बालिकाकाे मृत्यु रहस्यमय
नभएकाे उनकाे घर धनी रार्इद्वयले हत्या गरेकाे भन्दै स्थानीय तथा
बालिकाकाे अाफन्तहरूले मंगलबार राती रार्इकाे घर समेत ताेडफाेड गरी क्षती
पूर्याएका छन ।
यता प्रहरीले घटना सम्बन्धी थप अनुशन्धान
अघी बढाएकाे छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले
अाराेपित घरधनी बलिमान राई र पदमकुमारी राईलार्इ नियन्त्रणमा लिर्इ
अावश्यकिय साेधपुज अघि बढाएकाे र मृतक बालिकाकाे शव पाेष्टमार्टमकाे लागि
बिपि प्रतिष्ठानमा राखिएकाे बताएका छन ।
यता मृतक बालिकाका अाफन्त तथा स्थानीय
गाउलेहरू घटनाकाे सत्य तथ्य नबाहिरिएसम्म अाफुहरूकाे अान्दाेलन नराेकिने
बताउदै अाएका छन । प्रहरीले घटनाकाे गहिरार्इसम्म प्रगेर दाेषिलार्इ
कार्वाही गर्नुपर्ने र पिडित पक्षलार्इ उचित क्षतिपूर्ति दिलाइदिनु पर्ने
माग गरेका छन । प्रहरीले पनि घटनाकाेबारे अनुशन्धान जारी रहेकाे र दाेषी
पत्ता लगार्इ उनिहरूमाथी कडा कार्वाही गर्ने प्रतिवद्धता जनाउदै अाएकाे छ ।
source:http://purbelinews.com
Loading...