.

हलेसीमा दर्शन गर्न आएका विदेशीको मृत्यु

खोटाङ – प्रशिद्ध हलेसीमा दर्शन गर्न आएका एक भुटानी बौद्धमार्गीको मृत्यु भएको छ । दर्शन गरेर फर्कन लागेका भुटान थिम्पुका साङ्गे छिरिङको शुक्रबार राति मृत्यु भएको खबर आजको कान्तिपुरमा छ ।

 बन्दका कारण राति नै फर्कन बसमा चढेको केही समयलगत्तै छिरिङको मृत्यु भएको प्रहरीले जनाएको छ । हृदयघातका कारण उनको मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौं पठाउने समेत प्रहरीले जानकारी दिएको छ । हलेसी दर्शनका लागि शुक्रबार बिहान एक सय पाँच जना भुटानी बौद्धमार्गी आएका थिए ।
Loading...
Share on Google Plus