थापालाई हटाउने चर्चा चलेसँगै मिश्रले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत सांकेतिक विरोध जनाएका हुन् ।
उनले लेखेका छन्- ‘फोहोरीहरू बत्ति बलेको हेर्न सक्दैनन् किनकी उज्यालोमा सबै फोहोर देखिन्छ । त्यसैले सरकार राम्रोलाई हटाएर फोहरी नै भित्र्याउन उद्दत छ ।’
विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई सरकारमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य र भौतिक पूर्वाधार मन्त्रालय सुम्पिने तयारी गरेसँगै गगनको पद धरापमा परेको छ । राम्रो काम गरिरहेका गगनको पद धरापमा परेपछि अहिले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको चौतर्फी विरोध र आलोचना भइरहेको छ ।
Loading...