बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा यादवले
भने,‘अब एमालेले मधेशको जुनसुकै भागमा पनि आफ्नो कार्यक्रम तथा अभियान गर्न
पाउँछ, मधेशी मोर्चाले हिजोपनि विरोध गरेको थिएन, र भोलिका दिनमा पनि
विरोध गर्दैन्।’क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै यादवले एमालेलाई आफूहरुले तराई–मधेशमा कहिल्यैपनि निषेध गर्ने भनेर नभनेको र अब पनि नगर्ने स्पष्ट पारे। उनले भने,‘एमालेले मेची–महाकाली अभियान सप्तरीबाटै सुरु गर्नुहोस, हामी विथोल्दैनौं, विरोध गर्ने हाम्रो कुनै नीति छैन, यदि तपाईहरुको कार्यक्रम हाम्रा कार्यकर्ताहरुले विथोलेका छन्, हामीलाई नाम दिनुहोस्, हामी उनीहरुलाइ कारवाही गर्न तयार छौं, सरकारलाई भनेर हामी कारवाही गरउाँछौं।’
उनले मोर्चाले आह्वान गरेको दुई दिने बन्दको कार्यक्रममा पनि एमाले नेताहरुको घर, पार्टी कार्यालय तोडफोड नगरेको बताउँदै भने,‘हामीले त्यस्तो गरेका छैनौं, यदि कसैले त्यस्तो गरेको छ भने त्यो घुसपैठ हो, हामीले गरेकै छैनौं, हामीलाई बद्नामा गराउन खोजिएको छ।’ उनले यही २७ गतेबाट एमालेले हेटौंडाबाट सुरु गर्ने अभियानमा मोर्चाले कुनैपनि किसिमको अवरोध तथा विरोधका कार्यक्रमहरु नगर्ने स्पष्ट पारे। उनले भने,‘उहाँहरुले अभियान चलाउन पाउनुहुन्छ, त्यो उहाँहरुको अधिकारको कुरा हो।’
उनले सप्तरी घट्नामा मोर्चालाई दोष लगाउने काम कपोकल्पित मात्रै भएको आरोप लगाए। उनले भने,‘एमालेको अभियानबारे मधेशी जनतामा आक्रोश थियो, यो घट्नामा सरकार जिम्मेवार छ, निहत्था जनतामाथि गोली चलाउने आदेश कसले दियो?, यो नश्लवादी गतिविधि हो।’
उनले घट्नाको दोष आफूहरुलाई दिनु गलत भएको दाबी गरे।‘यादवले थपे,‘घट्नामा संलग्न दोषीहरुलाई कारवाही होस्, एमालेले पनि गम्भिर विषय उठाएको छ, हत्या प्रयास भनेर, यसको छानविन होस्, उहाँहरुको कुराबाट हामी पनि चिन्तित छौं।’
उनले एमालेले पनि आफ्नो व्यवहार र बोलीमा सच्याउनुपर्ने माँग गरे। उनले भने,‘संसदभित्रबाटै समस्याको हल गर्नुपर्छ, अफवाह र झुटो बोल्ने काम भएको छ, यो बन्द गर्नुपर्छ।’ यादवले आफूहरुले सरकारलाईपनि ज्ञापनपत्र बुझाईसकेको बताउँदै भने,‘हामीले सरकारलाईपनि ज्ञापनपत्र बुझाएका छौं, ७ दिनको अल्टिमेटम दिएका छौं।’ यादवले एमालेले मधेशी जनताहरुलाई उत्तेजित बनाउने काम गरेको गुनासो पोख्दै थपे,‘मधेशी जनतालाई दोस्रो दर्जाको नागरिक भन्ने काम गर्यो, यस्तो गर्नुहुँदैन्थ्यो।’
यादवले सप्तरी घट्नाले कसैको पनि भलो नगर्ने स्पष्ट पारे। उनले मुलुकको समस्याको समाधानको लागि संविधान संशोधन पास गर्नुपर्ने र पहिले केन्द्रको चुनाव गर्नुपर्ने सुझाए।
उनले भने,‘संविधान संशोधन मार्फत हाम्रा मुद्दा हल गरौं, अनि केन्द्रको निर्वाचन गरेर जानुपर्छ, त्यसपछि मात्रै प्रदेशको चुनाव गरौं, प्रदेशको चुनाव गरेपछि मात्रै स्थानीय तहको निर्वाचन गर्नुपर्छ, किनकी स्थानीय तह भनेको प्रदेशको मातहातमा रहन्छ।’ उनले निर्वाचनको लागि प्रमुख प्रतिपक्षी दल जिम्मेवार बन्नुपर्ने धारणा राखे।
उनले गणतन्त्र र संघीयता सिध्याउने काम एमालेले गर्न खोजिरहेको आरोप लगाए। एमाले सरकारमा हुँदा चार वुँदे संशोधन पहिले दिल्ली पुर्याएको उल्लेख गर्दै भने,‘अहिलेका चार वुँदे संशोधन एमाले सरकारमा हुँदा पहिले दिल्ली पुर्याईएको होईन र ? कमल थापा मार्फत अनि अहिले के को आपत्ति ?’
source:lightnepal.com/
Loading...