पेट दुखेर अस्पताल भर्ना भएकी एक महिलाको
अपरेसन गरेर विभिन्न सामानहरु निकालियो । ४३ वषिर्या ती महिलाको धेरै
दिनदेखि तल्लो पेट दुखिरहेको थियो र उनी लगातार उल्टी गरिरहेकी थिइन् ।
उपचारका लागि उनी अस्पताल पुगिन् । उनको जब सोनोग्राफी भयो, त्यसको रिपोर्ट
देखेर डाक्टरहरु तीनछक परे ।
रिपोर्टमा देखिएको थियो कि महिलाको पेटमा
थुप्रै कवाडीका सामानहरु थुपि्रएका छन् । महिलाको अवस्था देखेपछि
डाक्टरहरुले तुरुन्तै अपरेसन गर्ने निर्णय गरे । चाँडोभन्दा चाँडो अपरेसन
नगरेमा महिलाको दिमागमा पनि असर गर्न सक्ने डाक्टरहरुको भनाई थियो ।
अपरेसनपछि महिलाको पेटबाट निकालिएका
सामग्रीमा काँटी, पेच, भाँचिएका चम्चा, काठका साना टुक्रा, टाउकोको कपाल,
धातुको चेन र टुथब्रस लगायत थिए । यी सामानहरु कसरी महिलाको पेटमा थुपि्रन
पुगे भन्ने चाहिँ डाक्टरहरुले पनि पत्ता लगाउन सकेनन् ।
Loading...