.

काठमाडौँको स्वयम्भूमा प्रहरी र अपहरणकारीबीच गोली हानाहान, घुँडाभन्दा मुनी गोली हानेर प्रहरीले १ जनालाई पक्राउ गर्यो

काठमाडौं । काठमाडौँको स्वयम्भूमा फिरौती रकम असुल्ने क्रममा रहेको ७ जनाको समुहलाई प्रहरीले पक्राउ गर्ने क्रममा १ जनालाई मात्रै पक्राउ गर्न सफल भएको छ ।

 बौद्धबाट अपहरणमा परेका नुवाकोटका मनदोर्जे तामाङ, विशाल तामाङ र आङदोङ तामाङबाट मागेको फिरौती रकम असुल्ने क्रममा स्वयम्भूको भगवानपाउमा अपराध महाशाखाको टोलीले घेरा हालेर नियन्त्रणमा लिन खोज्दा दोहोरो गोली हानाहान भएपछि दुर्गा तामाङलाई घुँडाभन्दा मुनी गोली हानेर पक्राउ गर्न सफल बनेको हो ।
 अपहरणकारीले ६ लाख फिरौती मागेपछि रकम बुझाउने क्रममा अपराध महाशाखाको टोलीले घेरा हालेर नियन्त्रणमा लिन खोजे पनि अन्य भगौडाहरुलाई खोजीकार्य जारी राखेको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले जानकारी दिए । घटनाका विषयमा थप जानकारी आउन बाँकी नै छ ।
Loading...
Share on Google Plus