तुलसीपुर, १ चैत । दाङका ‘गुन्डा नाइके’ विकास पुनलाई अदालतले पाँच बर्ष जेल सजाय सुनाएको छ ।
२०७० चैत ५ गते घोराहीको नयाँबजारमा पदम
चन्दलाई गोली हानेको घटनामा प्रहरीले उनीबिरुद्ध ज्यान मार्ने उद्योग
अन्तरगत मुद्धा चलाएको थियो । सोही अभियोगमा उनलाई दोषी ठहर गर्दै दाङ
देऊखुरी जिल्ला अदालतका न्यायाधिश चुरामन खड्काको एकल इजलाशले ५ बर्ष जेलको
सजाय सुनाएको श्रेस्तेदार गम्भीर रानाले जानकारी दिए ।
उनका अनुसार अदालतले सोही घटनामा संलग्न
विकासका प्रमुख सहयोगी त्रिशक्ति पुनलाई पनि ५ बर्ष जेल सजाय सुनाएको छ ।
श्रेस्तेदार रानाका अनुसार सोही गोली कान्डको मुद्दा खेप्दै आएका अम्मर
रोकालाई भने जिल्ला अदालतले सफाइ दिएको छ । त्यसैगरी अर्का अभियुक्त गणेश
पुनको मुद्दा भने अदालतले मुतलवीमा राखेको छ ।
पदम चन्दलाई गोली हानी फरार भएका विकासले
२०७२ साल मंसिर ४ गते सहयोगी त्रिशक्तिलाई साथमा लिएर जिल्ला प्रहरीमा
आत्मसमर्पण गरेका थिए । त्यतिबेला अदालतले त्रिशक्तिलाई पूर्वपक्षका लागी
कारागार चलान गरेको थियो भने विकासलाई धरौटीमा छोडेको थियो ।


को हुन् विकास ?
प्रहरीका अनुसार विकास साविकको राप्ती
अञ्चलमै नाम चलेको कुख्यात गुन्डा हुन् । उनी पहिले प्रहरी ईनकाउन्टरमा
मारिएका गुन्डा नाइके कुमार घैँटेका राप्ती अञ्चल कमान्डर थिए । उनले
घैँटेकै आडमा राप्ती अञ्चलमा गुन्डागर्दी गर्थे । गिट्टी बालुवा र मुर्ती
तस्करी देखी ठेकेदार र व्यापारीसँग पैसा असुल्ने उनको मुख्य पेशा हो ।
विकासको पनि घैँटेको जस्तै पैँसाको बिटोमा सुत्ने शौख छ । पैसाको बिटोमा
बसेको उनको तस्बिर एकबर्ष अघि सार्वजनिक भएको थियो ।
घैँटे मारिएपछी उनि पोखरामा गुन्डागर्दी
गर्ने एलजी समूहसँग नजिक छन् । उक्त समूहका नाइके पूर्णे तालु विकासका
मुख्य कमान्डर हुन् । पूर्णे तालु आजभोली काठमाडौंको सुन्धारालाई आधार
इलाका बनाई गुन्डागर्दीमा सक्रिय छन् । दाङको घोराहीमा बस्ने विकास पछील्लो
समयमा भने दाङमा कमजोर भएका थिए । उनकै सहयोगी बावु पुनले समेत उनलाई
एकबर्ष अघी छोडर छुट्टै समूह बनाएपछी विकास कमजोर बनेका हुन् । कुनै बेला
विकासको बडीगार्डका रुपमा परिचित उनै बावुले विकासको कन्चटमा पेस्तोल राखेर
मरनासन्न हुनेगरी कुटपीट गरेका थिए । दैनिक नेपाल
Loading...