काठमाडौं
। बेलाबेलामा विभिन्न राष्ट्रियस्तरका भविष्यवाणी गरेर चर्चामा आउने ज्यो.
दीपक सुवेदीले नयाँ वर्ष २०७४ को पूर्वसन्ध्यामा फेरि अर्को भविष्यवाणी
गरी आमसर्वसाधारणको ध्यानाकर्षण गरेका छन् ।अल्लि अनौठो प्रकृतिको भविष्यवाणी गर्ने गरेका सुवेदीको धेरै भविष्यवाणीहरू पुग्ने गरेको पनि सञ्चारजगतलाई थाहा छ । उनले प्राय यस्ता भविष्यवाणीहरू सञ्चारमाध्यमबाटै गर्ने गरेका छन् । २०७३ को पहिलो दिन सगरमाथा टेलिभिजनको अन्तर्वार्तामा प्रचण्डलाई पार्टीको नाम एकिकृत नेकपा माओवादी नफापेको सुवेदीले बताएका थिए । लगत्तै एक महिना पछि प्रचण्डले पार्टीको नाम फेरेका थिए र त्यसको केही समय पछि उनी प्रधानमन्त्री पनि भए ।
२०६२÷६३ को आन्दोलन पछि भएको शान्तिसम्झौता गलत समयमा भएको र सो सम्झौतालाई आधारमानेर बनेको राजनीतिक संयन्त्रबाट निकास ननिस्कने तथा पहिलो संविधानसभाले संविधान नदिई अवसान हुने सुवेदीले ठोकुवा गरेका थिए ।
संविधानसभाले संविधान दिननसक्ने कुरामात्रै नभएर राजनीतिक संयन्त्रबाट निकास ननिस्कने भन्ने उनको भनाई अनौठो थियो । राजनीतिक क्षेत्रले निकास नदिए राजनैतिक निकास कसले दिन्छ ? वाईघात कुरो जस्तो पनि लाग्थ्यो । तर, भयो त्यस्तै । राजनीतिक क्षेत्र पाखा हटेर प्रधानन्यायाधीशको अध्यक्षतामा सरकार बन्नपुग्यो ।
उनले राजा वीरेन्द्रको मृत्युको बारेमा २०५८ सालको वार्षिक भविष्यफल लेख्नेक्रममा दिव्यज्ञान पत्रिकामा लेखेका थिए । त्यो समयमा राजाको मृत्युको कुरा गर्नु ठूलो जोखिमको कुरा हुन्थ्यो । ज्यो. सुवेदीले सानै उमेरमा गरेको त्यो भविष्यवाणी मिलेपछि राम्रो प्रख्याति पनि कमाएका हुन् । त्यसो त संविधान घोषणा भएपछि पनि उनले गरेका भविष्यवाणीहरू सञ्चार क्षेत्र तथा न्यूज टिमलाई प्राप्त हुँदै आएका हुन् ।
नयाँवर्ष २०७४ आउँदै गरेको सन्दर्भमा उनको एउटा टिभि अन्तर्वार्ताको युट्युब लिंक प्राप्त भएको छ । जुन अन्तर्वार्तामा बडो गम्भीरताको साथमा देशको बारेमा उनले केही संकेत गरेका छन् । राजनैतिक रुपमा कतै झुकाव नदेखाउने उनले प्राय मध्यमार्गबाट आफ्नो अभिव्यक्ति दिने गर्छन् । यसपटक नेशनल भिजन मिडिया ग्रुपको प्रस्तुति साझा भिजन तथा इण्डिजिनियस टिभिको लागि उनले अन्तर्वार्ता दिएका छन् । अन्तर्वार्ताको क्रममा उनले नेपालको नयाँ संविधान निकै नराम्रो समयमा घोषणा भएको हुनाले सो संविधान कार्यान्वयन हुन नसक्ने कुरा घुमाउरो तरिकाबाट बताएका छन् । र सो संविधानलाई आधारमानेर गरिने कार्यहरू प्रभावित हुने उनको भनाई छ ।
स्थानीय निकार्यको निर्वाचन, राज्य पुनःसंरचना, प्रादेशिक साँधसीमा आदिको प्रकृया उठिरहेको र कतिको काम चलिरहेको यस परिपेक्षमा उनको भविष्यवाणीले तात्त्विक अर्थ राख्ने सर्वसाधारणको अनुमान पनि छ । सो अन्तर्वातामा स्थानीय निर्वाचनलगायत भविष्यको बारेमा सोधिएको प्रश्नको उत्तरमा उनले घुमाउरो पाराल निर्वाचन गर्न अथवा संविधानको कार्यान्वयन हुन असम्भव हुने अर्थात ज्योतिषीय दृष्टिमा त्यो निकै गाह्रो देखिएको बताएका छन् ।
आम व्यक्तिले गर्ने अनुमान जस्तो नभएर संविधान घोषणा हुँदाको ग्रहस्थितिको कारणले गर्दा नै स्थिति गम्भीर बन्नसक्ने उनको भनाई छ । राजसंस्था पुनः फर्कने भन्ने हल्लाको बारेमा सोधिएको प्रश्नको उत्तरमा समेत उनको तर्क स्वभाविक जस्तो रहेको छ । संविधानको ग्रह राम्रो छैन, भइसकेका कामहरू उल्टिन सक्नेछन् । त्यस्तै अन्य जटिलताहरू पनि आइपर्नसक्ने छ ।
हामी नेपाली संयमित र धैर्य रहनुपर्छ । पशुपतिनाथले विगतमा जस्तै शेभलेण्डिङ्ग गराउने छन् । सबैले आआफ्नो धर्मको, कर्तव्यको पालना गरौं । सकारात्मक भावना बढाऔं सुवेदीले भन्छन् । यहाँले ज्यो. दीपक सुवेदीको अन्तर्वार्ताको भिडियो जस्ताको तस्तै हेर्न सक्नु हुनेछ । युट्युब
Loading...