.

कार्यकर्ता मारीएपछि मधेसमा अाक्राेस : राैतहटमा घरघरबाट एमाले कार्यकर्ताहरूलार्इ कालाेमाेसाे दल्दै खेदाइयाे : सिरहामा ट्रकमा अाग्जनी : सप्तरी झनै तनावग्रस्त

सुनसरी । सप्तरीकाे राजबिराजमा प्रहरीले चलाएकाे गाेली लागी ३ अान्दाेलनकारीकाे मृत्युपछि फैलिएकाे अाक्राेसले मधेसमा तनाव उत्पन्न गराएकाे छ । राैतहटमा एमालेका कार्यकर्ताहरूलार्इ माेर्चाका कार्यकर्ताहरूले घर घरबाट लखेटदै कालाेमाेसाे दलेर खेदाइएका छन । राैतहटस्थित एमाले जिल्ला प्रचार विभाग प्रमुख मणीशंकर निधिलाई माेर्चाका कार्यकर्ताहरूले कालोमोसो दलेर बजार घुमाइएकाे बताइएकाे छ ।्

यता सप्तरीमा फैलिएकाे अातंकले सिरहा समेत तनावग्रस्त बनेकाे छ । अाक्राेसित बनेका माेर्चाका काएकर्ताहरूले काठमाण्डाैबाट धरान तर्फ अाइरहेकाे मकालु बस टाेडफाेड गर्नुका साथै एक भारतीय ट्रकमा अाग्जनी गरेर क्षती पूर्याएका छन । कार्यकर्ताहरूले सप्तरी घटना थहाँपाए लगत्तै सिरहाकाे बिभिन्न स्थानमा टायर बाली एमाले बिरूद्ध नारावाजी गर्दै जुलुस प्रदर्शन गरिरहेका छन ।
 
सिरहाकाे गाेल बजार , लहान , मिर्चैया लगायतका स्थानमा माेर्चाका कार्यकर्ताहरू अाफ्नाे कब्जामा लिएका छन भने पूर्व पश्चिम राजमार्ग पूर्ण रूपमा ठप्प बनाएका छन ।
source:http://purbelinews.com
Loading...
Share on Google Plus