२२ फागुन, एजेन्सी ।
जाम्बियाको आकासमा अनौठो आकृति देखिएको छ। एक सपिङ सेन्टर माथी यस्तो
आकृति देखिएपछि स्थानीयवासीको भागाभाग मच्चिएको डेलीमेलले लेखको छ।
केही व्यक्ति त्यसलाई परी र भगवानको नाम दिँदै प्रार्थना गर्दै थिए भने कोही भूत सम्झेर चिच्याउदै थिए।
मावनको आकृति जस्तो देखिने यो वस्तु करिब १०० मिटर लामो थियो । मानवझै टाउको भएको यो आकृतिले आकासबाट सपिङ सेन्टर तर्फ चिहाएको देखिएको थियो।
जादुगरको कथामा आधारित किताब ‘ह्यारी पोटर’को फिल्महरुमा देखाइएको ‘डिमन्टर’ झै देखिने यो आकृति के हो ?
बादलभन्दा भिन्न पदार्थले बनेको जस्तो देखिने यो आकृतिको बारेमा केही प्रष्ट जानकारी आएको छैन।
ह्यारी पोटर फिल्ममा डिमेन्टर
यो आकृति करिब आधा घण्टा जति आकाशम अडिरह्यो र अलप भयो।
Loading...