चैत ३ गते-
बहु प्रतिक्षित हिन्दी फिल्म ‘बाहुबली २’ को ट्रेलर सार्वजनिक भएको छ ।
आउँदो २८ अप्रिलमा रिलिज हुने यो फिल्मको ट्रेलर दक्षिण भारतीय भाषामा रिलिज भएको छ । ट्रेलरमा प्रभास राणा दग्गुबती, अनुष्का शेट्टीलगायतको अभिनय देख्न सकिन्छ ।
एस एस राजामौलीको निर्देशनमा बनेको फिल्ममा देवसेना (अनुष्का शेट्टी) र महेन्द्र बाहुबली (प्रभास) को प्रेम प्रसंग पनि देखाउन खोजिएको छ ।
ट्रेलरमा अघिल्लो फिल्मकी मुख्य नायिका तमन्ना भाटियालाई भने देखाईएको छैन ।
Loading...