
फाईल फोटो
काठमाडौं, ३० फागुन । नेपाली सेनाका पूर्व व्रिगेडियर जनरल प्रेम सिंह बस्न्यातले प्रचण्ड र देउवालाई भारतका झण्डावाल मात्र भएको आरोप लगाएका छन् । भारतले नेपालको सार्वभौम सत्तामाथि गरेको ठाडो हस्तक्षेपप्रति कुनै प्रतिरोध नगर्नुले उनीहरु भारतपरस्त भएको बस्न्यातको आरोप छ । उनले साँघु पत्रिकासँग गरेको कुराकानीमा यस्तो बताएका हुन् ।
कुराकानीको पूरा अंशः
पहिले मान्छेको महत्व थिएन, गोरा जातिले
अमेरिकामा काला जातिमाथि अत्याचार मात्र गर्दैनथे, पशु चौपया बिक्री गरी
बेच्थे र बधुवा बनाएर घरमा राख्थे । भारतले हामीलाई अहिलले ठीक यही शैलीमा
बधुवा मजदुर जस्तै बनाइरहेको छ ।
त्यसैले उसको हेपावा प्रवृति नेपालीमाथि विभिन्न शैलीमा प्रकट भइरहन्छ । अहिले कंचनपुरमा भएको पनि यस्तै हेपाहापनको उपज हो ।
हाम्रो देश नेपाललाई एउटा स्वतन्त्र देश
भनेर मानेकै छैन । म ठोकुवाको साथ भन्छु भारतको शव्दकोषमै नेपाल स्वतन्त्र
देश भन्ने छैन । त्यसैले भारतले यहाँ निरन्तर हस्तक्षेप गरिरहेछ ।
राजा त्रिभुवनलाई नेपालमा राष्टपिता भनेर
वर्णन गरिन्छ । तर उनी नेपालका दुर्भाग्य हुन् । किनकि उनले हामी नेपालीलाई
भारतको बधुवा मजदुर बनाएका थिए । अहिले प्रचण्ड, शेरबहादुर देउवा (देउवाजी
त अझै सत प्रतिशत इण्डियन पक्षधर होइनन्, उहाँको लगाम अन्तै छ) त्रिभुवनले
विगतमा भित्राएको बधुवा मजदुरशीपको नयाँ संस्करणको रक्षा गरिरहेका छन् ।
प्रचण्ड- देउवालगायत राजनीतिक दलका नेता भारतका झण्डावाल हुन् ।
सन् १९६२ को युद्ध त्यतिमा भारत भागेको
थिएन । राजा महेन्द्र, माओत्सेतुन र चाइनको डेप्लोमेसीले त्यता ठोकेपछि
मात्र भारतीय यताबाट भागेका थिए । मैले चाइनालाई हस्तक्षेप गर्नु भनेको
होइन तर भारतीयहरुलाई तह लगाउन यस्तै गर्नुपर्छ । चीनको प्रोफेसरले बोलेर
हुँदैन । कुनै रक्षामन्त्री, मन्त्री वा नेताले कडा भाषा बोल्यो भने
त्यत्तिकै खत्रक्क हुन्छ ।
Loading...