जाजरकोट, फागुन २६ । जाजरकोटमा विहीबार यात्रीबाहक बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने अरु ४५ जना घाइते भएका छन् ।
सदरमुकाम खलंगाबाट खारातर्फ गइरहेको लु३ख २२७९ नम्बरको बस भेरीमालिका भन्ने स्थानमा दुर्घटना भएको हो । मृतकहरुको सनाखत हुन सकेको छैन भने घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मृतकमध्ये चारजनाको उपचारकाक्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको जनाइएको छ । बस सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा ६० जनासम्म यात्री सवार रहेकाले मानवीय क्षति बढ्नसक्ने आशंका गरिएको छ । दुर्घटनाग्रस्त बस अप्ठ्यारो भीरमा अड्किएको र शवहरु छरिएको अवस्थामा रहेको प्रहरीले बताएको छ ।

Loading...