केही समय नाटक सिकेपछि उनले सिनेमामा काम
गर्ने मौका पाए । सुरुमा दुईवटा सिनेमामा काम गरेर उनले खासै राम्रो सफलता
पाएका थिएनन् । तर सिनेमा ‘कबड्डी’ मा काम गरेपछि भने ‘हैट’ थेगोले उनको
सफलता अचानक आकासियो । उनलाई सबैले ‘हैट’ भनेर चिन्न थाले । उनको जीवनको
खास टर्निङ पोइन्ट भनेकै सिनेमा ‘कबड्डी’ थियो जुन मौका उनलाई निर्देशक
रामबाबु गुरुङले दिएका थिए । उनलाई नाटकबाट सिनेमामा फड्को मार्न रामले नै
सघाएका हुन् ।
त्यस्तै
उनका सहयोगीमा अनुप बराल र पुष्कर गुरुङ पनि पर्छन् । उनीहरुले नाटकमा
बुद्धीलाई ठूलो सहयोग गरेका छन् । पुष्करले नाटकमा स्थान दिएका हुन् भने
अनुपसँग उनले नाटक सिक्ने मौका पाए । थियटर हुँदै सिनेमामा आएका उनले
सिरियल मेरी बास्सैमा पनि ‘हनुमान’ बनेर काम गरे । मेरी बास्सैमा उनी
दुईवटा सिनेमाको चरित्र मिसाएर हुनमान बनेका हुन् । उनको हनुमान नाम सिनेमा
‘टलकजंग भर्सेज टुल्के’ को थियो भने चरित्र हैट सिनेमा ‘कबड्डी’ को ।
सोच्दै नसोचेको ठाउँमा छु
कामलाई सानो ठूलो नभन्ने उनले संघर्षका
दिनमा मकै बदाम, पत्रपत्रिका बेच्नेदेखि होटेलमा भाँडा माझ्नेसम्म गरेका
छन् । उनी अहिले धेरैले माया गर्ने र रुचाइएका कलाकार बनिसकेका छन् । तर
ती दिनहरुलाई उनी अहिले पनि मनन गर्छन् । अहिलेको स्थानमा आइपुग्छु भन्ने
उनलाई कहिल्यै पनि लागेको थिएन ।
रेडियो अडियोको स्टुडियोमा जन्मदिनको केक
काट्दै बुद्धी भन्छन्, ‘ततायो भने फलामलाई त आकार दिन सकिन्छ भने कुनै पनि
काममा तातेर लाग्यो भने मान्छे सफल हुन नसकिने कुरै हुन्न । मेरो कुरा
गर्नुहुन्छ भने १०÷११ वर्ष एउटै क्षेत्रमा आँखा चिम्लेर काम गरेको छु ।
त्यही भएर नै म अहिले यो स्थानमा आएको हुँ । लगातार एउटै काममा ज्यान दिएर,
ध्यान दिएर गरे अवश्य सफल भइन्छ । सफलता पाउनलाई बारम्बार एउटै काममा
हानिईरहनु पर्छ जुन मैलै गरेको छु ।’
सिम्पल छन् बुद्धी
उनी जब ऐनामा आफूलाई हेर्छन् सेलिब्रेटी
हो जस्तै ठान्दैनन् । आफ्नो जुंगा, हेयर स्टाईल, गेटअप देखेर उनी आफै दङग
पर्छन् । सेलिब्रेटी भइसकेपछि टिपटप भएर हिँड्नु पर्छ है ! भनेर अरुले
दिएका सुझावहरु आएको बेलामा भने उनलाई पनि, अँ हो है ! म बन्नु पर्छ भन्ने
लाग्छ । तर त्यहि कुरा उनी एकछिन मै बिर्सन्छन् । उनको आफ्नै स्टाइल छ जुन
स्टाइलले उनलाई टिपटप हुनै दिएको छैन । मुखमा माक्स, चश्मा, सामान्य गेटअप
अनि एउटा झोला । यही उनको विशेषता बनिसकेको छ । उनी गफिदै भन्छन्, ‘अहिले म
सेलिब्रेटी भएपनि केही वर्ष पछि जीवनमा फेरि म एउटा सामान्य बुद्धी मात्रै
पनि हुन सक्छु । यहि कारण पनि म भित्र सफलताको घमण्ड आउन दिएको छैन ।
अहिले त आफ्नो करिअर भयङकर उकालो लागेको छ । म त अहिले सगरमाथा चढ्दै छु
।’ उनले अहिलेसम्म १२ वटा सिनेमामा काम गरेका छन् ।
‘हैट’बाट पन्छिँदै छु म
आफूलाई ‘हैट’ को ट्याग लागेको भन्दै उनी
अहिले त्यो ट्यागबाट पन्छिन खोज्दै छन् । किनकी उनलाई हैटले अरु
चरित्रहरुमा काम गर्न दिएको छैन । हैट बाहेक अन्य चरित्रमा काम गर्न
खोजेपनि उनलाई निर्माता निर्देशहकहरुले एक पटक ‘हैट’ नभनी नहुने रहेछ
तिम्ले त भन्छन् । त्यस कारण पनि उनी हैट को ट्याग हटाउन चाहन्छन् । अर्थात
फरक रुपमा देखिन चाहन्छन् ।
प्रियंकाको प्रस्ताव आयो भने त म बेहोस हुन्छु होला
जन्मदिन मनाउने क्रममा अहिलेसम्म किन
विवाह गर्नु भएको छैन ? भन्ने हाम्रो प्रश्नमा उनको जवाफ यस्तो थियो, ‘मेरो
विवाह अहिलेसम्म किन भएन त्यो एउटा लामो कथा छ । त्यो कथा भित्र एउटा गधा छ
। त्यो गधालाई समय नमिलेर विवाह गरेको छैन । अर्थात लगन जुरेको छैन । म
आफै विवाह गर्छु भन्न पनि नमिल्ने रैछ । त्यसको लागि कोही हुनु पनि त
पर्यो नि ।’
उनी
आफ्नी श्रीमतीमा हुनुपर्ने गुणका बारेमा भने सुन्दरतालाई नहेर्ने, मात्र
मन र व्यवहार राम्रो भए पुग्ने बताउँछन् । उनी अगाडि थप्छन्, ‘मानिसहरुको
मन न हो । छिन छिनमै परिवर्तन हुन्छ । त्यसकारण अहिले नै कस्तो श्रीमती
चाहन्छु भन्न सक्दिन ।’
विवाहकै प्रसंगमा हामीले उनलाई प्रियंका
कार्कीले प्रस्ताव राखे के गर्नुहुन्छ, भनेर सोध्न पनि भ्यायौँ । यसको
जवाफमा उनले भने, ‘म त ठाँउको ठाँउको बेहोस हुन्छु होला ।’
source:http://ujyaaloonline.com
Loading...