.

आलियाको २४औँ जन्मदिन मनाउन हिँडेका साहरुखको गाडीले मान्छे कुचेपछि

एजेन्सी । बलिउड नायिका आलिया भट्टको २४औँ जन्मदिन मनाउन हिँडेका साहरुखको गाडीले मान्छे कुचेपछि उनी तनावमा परे । गएराती शाहरुख आलियाको घर पुग्ने क्रममा उनको कार एक्कासी एक फोटोग्राफरको खुट्टामाथि चढ्यो ।

त्यसको लगत्तै तनावमा आएका साहरुखले मानवीयता देखाउँदै नम्र भएर घाइते फोटोग्राफरलाई हस्पिटल भर्ना गरे । यद्यपी, फोटोग्राफरलाई खासै ठूलो चोट भने नलागेको भारतिय मिडियाले उल्लेख गरेका छन् ।
शाहरुखलाई हेर्न निक्कै उत्सुक रहेका फोटोग्राफरकै कारण उक्त दुर्घटना निम्तिएको बताइएको छ । उनले शाहरुखको तस्विर लिने प्रयास गर्दै गर्दा कुदिरहेको कारको नजिक पुगेपछि यो दुर्घटना निम्तिएको हो ।
Loading...
Share on Google Plus