विवाहको तामझाम चलिरहेका बेला
बालअधिकारर्मी, टोली संस्था, नगरपालिकाका प्रतिनिधी, संचारकर्मी,
सुरक्षाकर्मी, नागरिक समाज, नारी सचेतना केन्द्र लगाएत अन्य सामाजिक संघ
सस्थाका प्रतिनिधीहरु लगायतको टोली त्यहाँ पुग्यो। टोलीलाई देखेर सबै जना
छक्क परे के रहेछ भनेर। यो कुनै चलचित्रको कथा नभइ लेखनाथको वास्तविक घटना
हो।
घरको एउटा कोठामा १४ वर्षिय रुपा विकलाई
बेहुलीका लागि श्रृगार समेत गरिदै थियो भने बेहुलीका बाबु चन्द्रमान विक
अन्य आबस्यक सामाग्रीको व्यवस्था र विवाहका लागि पण्डित खोज्न गाउँ तिर
गएका थिए। घरभन्दा तलको बाटोबाट बाबु चन्द्रमान चदराले जब पण्डितलाई लिएर
आए, घरमा मानिसहरुको ठुलै भीड देखे।
केही अनर्थ भएछ की भन्ने भान उनमा भयो र
आएर सोधे के भयो ? त्यहाँ पुगेका सबैले भने छोरीको विवाह गर्न लाग्नु भएछ
तर नानीको उमेर कम भएकाले विवाह गर्न मिल्दैन हामी विवाह रोक्नका लागि आएका
हौं भने पछि उनी स्तब्ध हुदै भावुक स्वरमा भने केटा केटीको मन्जुरले विवाह
गर्न लागेका हौ, परिवारको करकापमा होईन उनले जवाफ दिए।
पछि बेहुली रुपालाई बोलाएर एकान्तमा लगेर
सोध्ने काम भयो उनले ढुक्क हुदै नडराईकन भनिन हामी दुईका बीच माया प्रेमले
विवाह हुन लागेको हो अरु कसैको करकापमा होईन त्यही केटासँग विवाह गर्छु
उनले भनिन्।उपस्थित सबैलाई गएका अधिकारकर्मीले सम्झाउन थाले विवाह गर्नका
लागि २० वर्षको उमेर चाहिन्छ।
सबैको चित्त बुझयो बेहुलीलाई पनि सम्झाउने
काम भयो, अन्तिममा उनी पनि उमेर पुगेपछि त्यहि केटासँग विवाह गर्नेमा
मन्जुर भईन। माईती पक्ष सबैका आँखामा आसु टल्पलाए कस्ले सुराकी दिएर योस्तो
बईजेत गरि दिए ,छोरीको भविष्य वरवाद हुने भयो भन्न लागे। उता आमा ऋण काडेर
भएको खर्च सम्झदै रुन लागिन रुदा रुदै उनी बोहोस समेत भइन।
गएका अधिकारकर्मीहरुले नै स्वस्थ्य
प्राविधिकलाई बोलाएर उनको प्राथमिक उपचार गराए पछि उनको होस आयो र सबै कुरा
बुझेपछि आमाको पनि विवाह रोक्नेमा चित्त बुझयो। बेहुली लिनका लागि
माग्दीको सिंगा नगरपालिका वडा नं १४ बाट बिहान आठ बजे हिडेका बर्ष २० का
बेहुला अशोक विक आफना दाजुभाई र ईष्टमत्रिसँगै गाडीबाट मध्यान्ह बेहुलीको
घर आई पुगेका थिए। घर भन्दा तल बेहुलीका दाजु र दिदी बेहुलाको टोलीलाई लिन
पुगे।
त्यति बेलासम्म बेहुला पक्षकालाई केही
थाहा थिएन तर उनिहरुको मनमा चिसो पसिसकेको थियो किन यति धेरै मानिसको भीड
लागेको होला। बेहुलालाई ल्याएर घरको पिडिमा राखियो उनी भावुक र सालिम
मुद्रामा कालो चस्मा फुकालेर यत्र तत्र हेरेर बसिरहे। त्यहाँ पुगेका
अधिकारकर्मीहरु र संचारकर्मीले बेहुला पक्षकालाई एकान्तमा लगेर बेहुलीको
उमेरका कारणले विवाह गर्न नमिल्ने बताए। उनीहरुको अनुहारमा मलिन छायो र
भन्न लागे यो के-को धोका हो ?
हिजै भनिदिएको भए हामी यहाँ सम्म दुख नै
पाउने थिएनौँ। उनीहरुमा आक्रोस छायो, बेहुला उठेर समेत हिड्न थाले। पछि
सबैको आग्रह र कानुनी उपचारको बाटोका बारेमा जानकारी दिए पछि बेहुला पक्ष
पनि विवाह नगर्ने पक्षमा पुगे।
राज्यको कानुनलाई मान्नै पर्छ भन्ने
उनीहरुलाई लाग्यो र बेहुली रुपाको विवाह गर्ने उमेर पुगे पछि उनीसँगै विवाह
गर्ने निधो भएपछि अमर प्रेम जिवन्त हुने आसा र भरोसाले दुवै पक्षकाबीच
अहिलेका लागि विवाह रोक्ने सहमति भयो। विवाह रोकिएपनि सामुहिक रुपमा तयार
पारिएको भोज खाएर बेहुला पक्ष बेहुली बिना घर फर्किए।डीसीनेपालकाे सहयाेगमा
Loading...