मिडिया हबले टेलिभिजनसँग समय किनेर कार्यक्रम चलाउने गर्छ।
भुइँचालोपछि विज्ञापन कम आएको भन्दै हबले टेलिभिजनसँग विज्ञापनको शुल्क
घटाउन अनुरोध गरेको थियो। तर, टेलिभिजनले मुल्य घटाएन। पुरानै दरमा सम्झौता
भएर कार्यक्रम प्रसारण गर्न लागिएको हबका प्रमुख सोम धितालले बताए।
त्यसो त, हब र टेलिभिजनबीच रकमसम्बन्धि विवाद पहिलेदेखि नै चल्दै
आएको थियो। हबले टेलिभिजन र टेलिश्रृंखलालाई समयमा पैसा नदिँदा बेला–बेला
विवाद चलिरहन्थे। यसै कारण तीतो सत्य, जिरे खुर्सानीजस्ता टेलिश्रृंखला
बन्द भए।
Loading...