सङ्घले माइग्राम, ओएससी, आइएससी,
बायोमेट्रिक प्रणालीलगायतका नाममा लिइँदै आएको रकम फागुन २५ गते हटाउन
मलेसियाको सरकारसँग कूटनीतिक पहल गर्नुपर्ने पनि माग गरेको छ ।
यस्तो प्रणाली नहटाएमा आगामी चैत १
गतेदेखि मलेसियामा कामदार पठाउन रोक लगाउनुपर्ने मागसहितको ज्ञापनपत्र श्रम
तथा रोजगारमन्त्री सूर्यमान गुरुङलाई आज बुझाएको छ ।
अवैध रकम उठाउने ती संस्था बन्द नगरिए
वैदेशिक रोजगार विभाग, काठमाडौँ कार्यालयबाट दिइने पूर्व र अन्तिम श्रम
स्वीकृति बन्द गरिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
मलेसिया जाने कामदारबाट संस्थाले प्रति कामदार थप रु १७ हजार ५०० अतिरिक्त रकम उठाउँदै आएका छन् ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम
समितिले दुई महिनाअघि नै माइग्राम, ओएसीलगायत संस्थाले कामदारबाट अवैध
रुपमा रकम उठाइरहेको भन्दै ती संस्थालाई कारबाही गर्न गृह मन्त्रालयलाई
निर्देशन दिएको थियो ।
source:रासस
Loading...