विभागले सूचना प्रकाशन गरी साउदीअरबका
दमाम, ज्यादा, आबुधाबी सहरका मोद नाफी बिन साउद अल मोरारी, स्ट्रोङ स्प्रेड
फर काउन्ट, हुसेन बिन दाजामा फर कन्स्ट्रक्सन र अल फेयर्स इस्ट कम्पनीमा
नेपाली कामदार पठाउन रोक लगाइएको जानकारी दिएको छ ।
वैदेशिक रोजगार विभागले साउदीका ४५ र
वराइनको एउटा कम्पनीलाई कालो सूचीमा राखी कामदार पठाउन रोक लगाएको हो। ती
कम्पनी कामदारले पाउनुपर्ने सेवा सुविधा र तलब नदिने र उल्टै दुःख दिने
गरेपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आग्रहमा कामदार पठाउन रोक
लगाइएको हो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरूङले
व्यवसायीको अनुरोधमा सरकारले कामदार पठाउन रोक लगाएको जानकारी दिए ।
कम्पनीले कामदार शोषण गरेको र नेपाल आउन
चाहनेको भिसा रद्द गर्न समेत आनाकानी गरिरहेको विभागमा रिर्पोट भएको थियो ।
संघका अनुसार यी कम्पनीमा काम गर्न गएका करिब पाँच सय नेपाली कामदार
समस्यामा छन् । एउटै कम्पनीमा ५० जना नेपाली अलपत्र परेका छन् । उनीहरूले
काम गरेको तलबसमेत पाएका छैनन् । व्यवसायीले पनि कामदारका समस्या समाधान
गर्दै नेपाल ल्याउन सहयोग गर्ने उनको भनाइ छ ।
विभाग र राजदूतावासले पनि समस्यामा परेका
कामदारको उद्धारका लागि पहल गरिरहेको गुरूङले बताए । पछिल्लो समय नेपाली
कामदारले खाडी मुलुकमा सम्झौताअनुसारको काम र तलब पाएका छैनन् । यसै कारण
साउदी अबरको विकल्पमा कतार जानेको संख्या बढ्दो छ ।
source:blastkhabar.com
Loading...