काठमाडौं, बैंकहरुले अबदेखि गाडी, घर जग्गा र शेयरका लागि नयाँ कर्जा
नदिने भएका छन् । अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह हुँदा तरलता अभाव भएको
भन्दै बैंकहरुले यी तीन क्षेत्रलाई नयाँ कर्जा नदिने भएका हुन् ।
राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह हुँदा तरलता अभाव हुने
भन्दै सचेत गराएको थियो । त्यसको भोलिपल्ट बिहीबार नेपाल बैंकर्स
एशोसिएसनले बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग गरेको छलफलले कर्जा नदिने
निर्णय गरेको हो ।
छलफलमा तत्कालका लागि गाडी, घरजग्गा र शेयर धितो ऋण रोक्ने सहमति भएको बताइएको छ ।
राजधानी दैनिकमा खबर छ ।