काठमाडौं, माघ २४ – एउटा भनाई छ, तिहुन
मीठो तरकारी, जागीर राम्रो सरकारी । अर्थात सरकारी जागिर भयो भने जीवनभरलाई
ढुक्क हुन्छ । सरकारी जागिर नभएको मान्छेको के भर ?
सरकारी जागिर भयो भने बुढेसकालमा पेनसेन
आउँछ । काम नगरी खान पाइन्छ भन्ने धेरैको धारणा छ । त्यसमाथि सेनामा काम
गर्नेको शान र इज्जत समाजमा बेग्लै हुन्छ । प्राय मानिसहरु सरकारी जागिर
भनेपछि मरिहत्ते नै गर्छन् । सरकारी जागिर खानका लागि लोकसेवाको परीक्षाको
फर्म भर्नेको आँकडा हेरेमात्रै पनि पुग्छ सरकारी जागिरको मोह ।
तर सबैलाई सरकारी जागिर मन पर्छ भन्ने छैन । कतिले सुरुमा लहै लहैमा सरकारी जागिर खान्छन् र पछि विविध कारणले छाडेका पनि छन् । केही कलाकार पनि छन्, जो सरकारी जागिर छाडेर अरु काममा लागेका छन् ।
तर सबैलाई सरकारी जागिर मन पर्छ भन्ने छैन । कतिले सुरुमा लहै लहैमा सरकारी जागिर खान्छन् र पछि विविध कारणले छाडेका पनि छन् । केही कलाकार पनि छन्, जो सरकारी जागिर छाडेर अरु काममा लागेका छन् ।
दीपकराज गिरी
नेपाली सिने क्षेत्रका राजा बनिसकेका
कलाकार दीपकराज गिरी आफूलाई हुन नसकेको असइ भन्छन् । उनी कलाकारितामा
आउनुभन्दा पहिले असइमा भर्ती भएका थिए । यो कुरा धेरै कमलाई थाहा छ । उनले
आफू प्रहरी सहायक निरीक्षक (असई) मा भर्ती भएर केही दिन बिताएको कुरा केही
अन्र्तवार्ताहरुमा भनेका छन् । 

उनले जम्माजम्मी चार दिनको लागि असईको
जागिर खाए । सुरुवाती चार दिनमै ट्रेनिङ गाह्रो लागेपछि उनले त्यो जागिरबाट
कुलेलम ठोक्ने विचार गरे र ठोके पनि । पहिले प्रहरी अधिकृत बन्ने रहरले
असई भएका उनीसँग थोरै भएपनि फौजी जागिरको अनुभव छ । दीपकले सरकारी जागिर
छाडेर कलाकारितामा लागे जुन उनलाई निकै फापेको छ ।
अर्जुन घिमिरे
अजुर्न घिमिले उर्फ पाँडेले पनि नेपाली
सेनाको अनुभव संगालेका छन् । संकटकालको समयमा उनी आर्मीमा भर्ती भएका थिए ।
तर उनको संकटकालको सरकारी जागिर संकटकालले नै खाइदियो । देशमा माओवादी र
सरकारबिच बढेको द्वन्द्वले उनको जागिर खाइदिएको हो । उनी त्यो पल सम्झँदै
भन्छन्, ‘संकटकालमा जागिर खाको संकटकाल मै अवकास प्राप्त भयो ।’ अर्जुनका
दाइ प्रहरीमा थिए । उनले दाइको माध्ययमबाट सेनाको जागिर खाएका थिए । तर पछि
संकटकालमा बढेको द्वन्द्वले उनी लगायत अन्य १२ जनाले एकैपटक आर्मीको
जागिर छोडेका थिए । 
तपाईँले त आर्मीको जागि छोड्नु भएको रे त
भन्ने हाम्रो प्रश्नमा उनले, ‘छोडेको हैन छोडाईएको हो’ भनेर जवाफ फर्काएका
थिए । कलाकारिता भने उनले आर्मीमा जानुभन्दा पहिले नै सुरु गरेका थिए ।
उनले पहिलो पटक ‘हिजो आजका कुरा’मा क्यामेरा फेस गरेका थिए । पछिल्लो समय
उनी भ्रदगोलमा पाँडेको भूमिका निभाएर चर्चित भएका हुन् । केही समय बन्द
भएको यो हाँस्यटेलिसिरियल फेरि नेपाल टेलिभिजनमा आउने भएको छ ।
धिरेन शाक्य
नायक धिरेन शाक्यले नेपाली सिनेमामा झण्डै
तीन दशक जति बिताई सकेका छन् । पाल्पामा जन्मेका धिरेनले पनि अभिनयका लागि
ब्रिटिश आर्मीको जागिर छाडेका थिए । उनी आफू आर्मीमा हुँदाको कुरा
सम्झँदै, ‘त्यतिबेला जोश थियो, उमेर थियो, त्यस कारण म गएँ । तर पछि मलाई
त्यो जीवन मन परेन । अनि म छाडेर कलाकारितामा लागँे । मैले राजीनामा दिएर
छोडेका पनि होइन तर कलाकारितामा आउन लेखेको रहेछ त्यहि भएर मैलै छाडेँ
जस्तो अहिले लाग्छ ।’ 

उनी आर्मीको जागिर छोडेर आएपछि साथीहरुको
हौसला र सहयोगले सिनेमामा लाग्ने सोच बनाएका थिए । उनलाई निर्देशक
बसन्तजंगले सिनेमाको ढोका खोलिदिएका थिए भने चेतन कार्कीले ब्रेक दिएका थिए
। जुन कुरा उनी कहिल्यै पनि बिर्सन सक्दैनन् ।
प्रशान्त तामाङ
ईन्डियन आईडल बनेका गायक तथा नायक
प्रशान्त तामाङ पनि पहिले ईन्डियन प्रहरीमा कार्यरत थिए । प्रशान्तले
कलाकारिता र प्रहरी मध्ये एउटा छान्नु पर्ने भएका कारण कलाकारितालाई छानेको
र प्रहरीको जागिर छाडेको जानकारी मिडियालाई दिएका थिए । तर उनी लामो
समयसम्म गयल भएका कारण उनलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको थियो । 
उनी ईन्डियन आईडल भएपछि सन् २००९ देखि
२०१४ सम्म एक हजार ८ सय ७० दिन गयल भएका थिए । प्रशान्तले सिनेमा गोर्खा
पल्टन र निशानीमा आर्मीको भूमिका निभाएका छन् । उनलाई वास्तविक जीवनमा भएको
प्रहरीको अनुभवले सिनेमामा काम गर्न पनि निकै सजिलो भएको थियो ।
तुलसी घिमिरे
निर्देशक तुलसी घिमिरेले पनि सरकारी जागिर
छाडेर सिनेमालाई अंगालेका हुन् । उनी भारतीय सेनामा भर्ती भएका थिए ।
उनलाई सानैदेखि सिनेमामा आउन मन थियो । यहि कारण नै उनले सेनाको जागिर
छाडेका हुन् । उनले सेनामा ६ महिना बिताए । अर्थात ६ महिने ट्रेनिङ पछि
उनले आर्मी जीवनलाई अलविदा भनेर सिनेमामा काम सुरु गरे । उनको पारिवारिक
पृष्ठभूमि नै आर्मी भएका कारण उनी आर्मीमा भर्ती भएका थिए । उनका बुवा र
तीनजना दाजुहरु पनि आर्मी नै हुन् । 
अहिले तुलसी नेपाली सिनेमाको इतिहासमा एक
सफल निर्देशको रुपमा स्थापित भइसकेका छन् । उनले निर्देशन गरेको चर्चित
सिनेमा ‘दर्पण छायाँ’को सिक्वेल फागुन २७ गते रिलिज हुँदैछ । दर्पण छायाँले
नेपाली सिनेमाको इतिहासमै पहिलो पटक सिंगल थियटरमा सय दिन मनाएको थियो ।
कुसुमे रुमाल, लाहुरे, चिनो, साइनो, देउता, दक्षिणा, दर्पणछायाँ लगायत
दर्जन बढी सुपरहिट चलचित्र उनले दिइसकेका छन् ।
source:http://ujyaaloonline.com
Loading...