भारतसँग सीमा जोडिएको तराईमा देश
टुक्राउने गतिविधि बढेपछि राष्ट्रको अखण्डता जोगाउने लक्ष्यका साथ सेनाले
पृतना राख्ने निर्णय गरेको सैनिक स्रोतले बतायो । पृतनाले मधेसमा भइरहेका
गतिविधिको सुक्ष्म निगरानी गर्नेछ ।
यो पृतना सेना संघीय संरचनामा गएसँगै
थपिने छ । अहिले पाँच विकास क्षेत्रसहित काठमाडौं गरी ६ स्थानमा सेनाको
पृतना रहेका छन् । नयाँ संविधानको ७ प्रदेशको संघीय संरचनाअनुसार
मधेसमासहित अब दुई पृतना थपिने छ । दोस्रो पृतना काठमाडौंमा थपिने छ ।
सेनाको सुदृढीकरण गर्नको लागि गठन भएको
अध्ययन तथा सिफारिस समितिले दुई पृतना थप्ने निर्णयसहितको रिपोर्ट
रक्षामन्त्री वालकृष्ण खाँडलाई बुझाएको छ । र, छिट्टै क्याविनेटबाट निर्णय
हुने मन्त्री खाँडको भनाई छ ।
सेनामा हाल दिपायल, सुर्खेत, पोखरा,
हेटौडा, इटहरी र काठमाडौमा पृतनाको संरचना रहेको छ । सिफारिस समितिले तयार
पारेको प्रतिवेदनमा प्रत्येक राज्यमा एउटा पृतना राख्ने प्रस्ताव गर्नुको
साथै काठमाडौंमा पनि एउटा पृतना थप्नुपर्ने भनेको छ । दैनिक नेपालकाे सहयाेगमा
Loading...