फागुन १६ – नोकियाले आफ्नो पहिचानको रुपमा
चिनिएको मोवाइल फोन ३३१० फेरि बजारमा ल्याएको छ । यो फोन झण्डै १७ वर्षअघि
पहिलो पटक बजारमा आएको थियो र विश्वभरमा सबैभन्दा धेरै बिक्री हुने मोबाइल
फोन बनेको थियो ।
सन्
२००५ मा बन्द हुने बेलासम्म विश्वभर यो फोनका १२ करोड ६० लाख सेट बिकेको
थियो । बन्द भएको १२ वर्षपछि यो फोनको नयाँ भर्सन सार्वजनिक गरिएको हो ।
नोकिया ब्राण्ड अहिले फिनल्याण्डको स्टार्टअप कम्पनी एचएमडीसँग छ ।
विशेषज्ञले ब्राण्डको रिलञ्च गर्ने राम्रो तरिका भएको बताएका छन् ।
नोकिया ३३१० टिकाउ पना र सापको विशेष
खेलका लागि परिचित छ । एचएमडीले ३३१० को नयाँ संस्करणसहित नोकियाका तीन वटा
एन्ड्रोइट फोन पनि सार्वजनिक गरेको छ । नोकिया ३३१० फेरि सार्बजनिक गर्दा
नोकियाका अरु फोनको पनि बिक्री बढ्ने प्रविधी विशेषज्ञ बेन वुडले
बताउनुभएको छ ।
यस्तै
फोनमा स्नेक गेमको नयाँ संस्करण इन्स्टल गरिएको छ । यसको मूल्य झण्डै ५२
अमेरिकी डलर रहने छ । एचएमडीले नोकिया थ्री, नोकिया फाइप र नोकिया सिक्स
गरी तीन वटा नयाँ एन्ड्रोइट स्मार्टफोन पनि सार्वजनिक गरेको छ । उसले नोकिया ब्राण्डका ६ वटा नयाँ स्मार्टफोन पनि सार्वजनिक गर्ने जनाएको छ । source:http://ujyaaloonline.com
Loading...