रुपन्देही,८ फागुन। रुपन्देहीको दक्षिणी
मर्चवारको क्षेत्रमा तनावग्रस्त बनेको छ । स्थानियहरुले प्रहरी चौकी
वडवलियामा ढुगांमुढा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको प्रहरीले
जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन ५ राउन्ड हवाई फायर र ५ राउन्ड आश्रु
ग्यास प्रहार गरेको लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी दिपक थापाले
जानकारी दिए ।
झडपको क्रममा प्रहरीको साथमा रहेको एउटा
हतियार लुटिएको उनले बताए । ‘झडपको क्रममा प्रहरीको एउटा लङ ब्यारेल गन
(हतियार) लुटिएको छ’ एसएसपी थापाले भने, ‘हतियारको खोजी भइरहेको छ ।’
शनिबार मर्चवार क्षेत्रको मझगावामा सिके राउत कार्यकर्ता र प्रहरीबिच झडप
भएको थियो । यो घटनालाई नै झडप भएको भएका र यसमा सिके राउतका कार्यकर्ता
संलग्न हुन सक्ने प्रहरीको आशंका छ । स्थिति नियन्त्रणमा लिन डीएसपीको
कमाण्ड थप टोली मर्चवार क्षेत्रमा पठाइएको छ ।
Loading...