काठमाडौं, माघ २५ । ललितपुरको जावलाखेलमा
गाडेको पैसा अर्थात ‘गाडधन’ फेला परेको छ । महानगरीय प्रहरी परिसर
ललितपुरको ढोकैमा पुरातात्विक महत्वका सामग्री फेला परेका हुन् ।
ढल निकासका लागि सडक खन्ने क्रममा
माटोभित्र भाँडामा राखिएका पुराना सिक्का लगायतका सामग्री फेला परेका हुन् ।
सिक्का टिप्न बटुवाको भीड नै लागेको छ । तामाका सिक्का भेटिएको भए पनि ती
सिक्कामा कुनै कुरा लेखिएको छैन । लामो समयसम्म माटोमा रहेका कारण सिक्कामा
लेखिएको कुरा मेटिएको हुन सक्ने आशंका छ ।
source:http://eallnepal.com
Loading...