.

शिवरात्रीमा एनटिसीको ‘फेस्टिवल अफर’

१२ फागुन, काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई शिवरात्रीको अवसरमा फेस्टिवल अफर ल्याएको छ ।
nepal-telecom building
टेलिकमले आज विज्ञप्ती जारी गर्दै डाटा बण्डल प्याकेज अन्र्तगत ७५ रुपैयाँमा एक सय एमबी डाटा र बोनसको रुपमा एक सय एमबी नै युटुब डाटा प्याक उपलब्ध गराउने जनाएको छ ।
टेलिकमका अनुसार यो डाटा १५ दिनसम्म प्रयोग गर्न सकिन्छ ।  यस्तैगरी १ सय ५० रुपैयाँमा २ सय एमबी डाटा प्याक र बोनस स्वरुप २ सय एमबी नै युटुब डाटा प्याक उपलब्ध गराइएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन् ।
यी दुवै डाटा प्याकेज ३० दिनसम्म चौबिसै घण्टा प्रयोग गर्न सक्ने पनि उनले जानकारी दिइन् ।
सेवा प्राप्त गर्ने तरिका: 
100MB को लागि U100 र 200MB का लागि U200 Type गरी 1415 मा SMSगर्ने ।
यस्तै फेसबुक प्याकेज अन्तर्गत २२ रुपैयाँ ६० पैसामा ५ दिनका लागि एक सय एमबी प्याकेज उपलबध् गराइएको छ । यो अफर भोलीदेखि फागुन २७ गतेसम्म लागै हुने प्रवक्ता वैद्यले बताइन् । याे सेवा लिनका लागि फेसबुक टाइप गरी १४१५ मा एसएमएस पठाउनुपर्छ ।
Loading...
Share on Google Plus