काठमाडौं, फागुन १५ – ‘लुट-२’ ले दुई
दिनमा ३ करोड भन्दा धेरैको कलेक्सन गरेको छ । फागुन १३ गते शुक्रबार रिलिज
भएको सिनेमा ‘लुट-२’ ले सुरुवाति दुई दिनमै तीन करोडको कारोबार गर्दै दुई
दिनमा अहिलेसम्मकै धेरै कमाउने सिनेमा बनेको छ ।
शिवरात्रीको
अवसर पारेर रिलिज गरिएको सिनेमा अहिले काठमाडौंका सबै हलहरु र
काठमाडाैं बाहिरका ८० वटा हलमा चलिरहेको निर्माता नरेन्द्र महर्जनले
जानकारी दिएका छन् । महर्जनले शुक्रबार सिनेमाले कमाएको वास्तविक तथ्य
नबाहिरिएको तर शनिबार सिनेमाले एक करोड ५० लाखभन्दा माथिको व्यापार गरेको
बताएका छन् ।
निश्चल बस्नेतको निर्देशन अनि नरेन्द्र
महर्जन र माधव वाग्लेको निर्माण रहेको ‘लुट–२’ मा दयाहाङ राई, सौगात मल्ल,
ऋचा शर्मा, विपिन कार्की, सिर्जना सुब्बा, प्रतिकराज न्यौपाने लगायत
कलाकारको मुख्य भूमिका छ ।
तोड्यो छक्का पञ्जाको रेकर्ड
‘लुट–२’ दुई दिनमा तीन करोड भन्दामाथिको
ग्रस कलेक्सन गर्दै छोटो समयमा नेपाली सिनेमामा धेरै कमाउने सिनेमा बनेको छ
। यो भन्दा पहिले सिनेमा छक्का पञ्जाले दुई दिनमा एक करोड ७५ लाखको ग्रस
कलेक्शन गर्दै सुरुवाति दुई दिनमा सबैभन्दा धेरै कमाउने सिनेमा बनेको थियो ।
तर ‘लुट–२’ ले दुई दिनमै तीन करोड भन्दा
धेरैको व्यापार गरेर छक्का पञ्जालाई पहिलो स्थानबाट रिप्लेस गरेको छ ।
त्यस्तै ‘लुट–२’ को ट्रेलर र गीतले पनि छोटो समयमै धेरै दर्शक पाएर छक्का
पञ्जाको रेकर्ड तोडिसकेको छ ।
source:http://ujyaaloonline.com
Loading...