सो ग्रहमा पृथ्वीको जस्तै महासागरहरु रहेको र त्यहाँ पनि जीवात्माहरु रहेको हुन सक्ने विश्वास गरिएको छ । यसअघि ब्रम्हाण्डमा हजारौं बाहिरी ग्रहहरु पत्ता लगाइएको भएपनि,प्रोक्सिमा बी जस्तो कुनैपनि नभएको वैज्ञानिकहरुको दाबी छ ।
प्रोक्सिमा बी नाम जस्तै विषेश लक्ष्णयुक्त भएको बताइएको छ । पृथ्वीभन्दा अझ केही बढि नै ठूलो आकारको रहेको र केही चट्टानी पहाड रहेको बताइएको यो ग्रह आफ्नै तारामण्डलहरुबीच घेरिएर रहेको छ ।
सो ग्रहमा पानी जस्ता तरल पदार्थको अस्तित्व समेत रहेको छ । प्रोक्सिमा बी आकारमा पृथ्वीभन्दा १।३ गुणा ठूलो रहेको छ । उसको सतहको तापक्रम पनि पानीलाई आफ्नो स्वरुपमा रहन दिनको लागि उपर्युक्त रहेको बताइएको छ ।
Loading...
