चीनको सान्छी प्रान्तका जुम्ल्याहा
दाजुभाई झाओ छिन र झाओ सुनले छिमेकी गाउँका दुई जुम्ल्याहा दिदीबहिनी यिन
फेइ र युन यांगसँग डेटिंग सूरु गरेदेखी नै समस्या सूरु भयो । उनीहरु एउटै
विद्यालयमा पढ्ने गर्दथे । गत महिना उनीहरु विवाह बन्धनमा बाँधिए । दाजूभाई
र दिदीबहिनी दुबै उस्तै भएका कारण अहिले यो जोडी समस्यामा छ । उनीहरुको
आवाज समेत उस्तै छ । उनीहरुको विवाहका दिन आएका पाहुना तथा आफ्नै
अभिभावकलाई समेत उनीहरुलाई चिन्न अफ्टेरो भएको थियो ।
प्लास्टिक सर्जरीको उपाय भने त्यतिबेला मात्रै फुर्यो जतिबेला एक भाईले
गल्तिबस आफ्नै अर्का भाईकी श्रीमतीको आफ्नी श्रीमती सम्झेर समाए । झाओ छिले
यस्तो गरेपछि उनकी भाउजु युन यांगले थप्पड लगाएकी थिइन् । उनले झाओल
जनाजान यस्तो गरेको सोचेकी थिइन् । तर अब यस्तो समस्या सुल्झाउन उनीहरुले
प्लास्टिक सर्जरी गर्ने निष्र्कष निकालेका छन् । उनीहरुले हनिमूनमा जानु
अगावै प्लास्टिक सर्जरी गरेर एकअर्कामा फरक छुट्याउने भएका छन् । उनीहरु
सबैको उमेर २२ वर्षको छ । उनीहरुले सर्जरीका लागि सांघाईस्थित अस्पतालको
भ्रमण गरिसकेका छन् ।एजेन्सीको सहयोगमा
Loading...