काठमाडौं,
फागुन १५ | नेपाली कामदारको हितका लागि नेपालले लामो समयदेखि प्राथमिकतामा
राखेको अतिरिक्त शुल्कको विषय टुंगिएपछि अब नेपालबाट मलेसिया जाँदा लाग्ने
सबै शुल्क रोजगारदाता कम्पनीले नै बेहोर्ने सहमति भएको छ ।
मलेसिया जाने नेपाली कामदारले हालसम्म
स्वास्थ्य परीक्षण लगायत रकम सहित १५ हजारभन्दा बढी रकम तिर्दै आएका छन् ।
तर मलेसिया जाने कामदारले अब स्वास्थ्य परीक्षणका लागि बायोमेडिकल बापतको
रकम बाहेक कुनैपनि नाममा पैसा तिर्नु पर्दैन । म्यानपावरले कामदारसँग भिषा
अगावै बिभिन्न बहानामा पैसा अशुल्ने गरेकोमा अब भने म्यानपावरलाई पनि
रोजगारदाताले नै पैसा दिने भएपछी कामदारसँग कम पैसा अशुल्ने विश्वास गरिएको
छ ।
सरकारले यो बिषयमा हस्ताक्षर गरिसकेको
भएपनि कार्यान्वयन हुन अझै केहि समय लाग्ने बताइएको छ । मन्त्रालयका अनुसार
नेपाली कामदारको हितका लागि नेपाल सरकारले राखेको अधिकांश विषयमा अझै पनि
मलेसिया सहमत देखिएको छैन ।
त्यस्तै मलेसिया जाने कामदारको एकतर्फी
हवाई टिकट र काम गर्ने अवधि ‘वर्किङ आवर’को बीमा उपलब्ध गराउने विषयमा
मलेसियाले सहमति जनाए पनि दोहोरो निशुल्क टिकटको लागि सहमति भएको छैन ।
– साझासवालबाट ।
Loading...