स्थानीय शोभाखर विकको घरमा बास बसेका बेला धारिलो हतियारले हानेर उनको हत्या भएको प्रहरीले जनाएको छ ।& हत्याका मुख्य अभियुक्त तिलकलाई सघाउने अन्य ११ जना पनि पक्राउ परेका स्याङ्जाका प्रहरी नायव उपरीक्षक विरबहादुर पुलामीले जानकारी दिए ।घर छेउमै गाडेको शव निकालेर भैंसीको पाडो गाडियोउनीहरुले सुरुमा शव घर नजिकैको बारीमा खाडल खनेर पुरेका थिए ।
स्थानीय र प्रहरीले शंका पाउने डरले खाडलमा पुरेको शव उनीहरुले निकाले । माघ ७ गते उक्त खाडलबाट शव निकालेर त्यहाँ चार महिनाको भैंसीको पाडो मारेर पुरिदिए । पुरुषको शव घरदेखि ५ घण्टा पैदल दुरीमा पर्ने अर्जुन चौपारी गाविस–५ सिमलचौर घट्टेबथान सामुदायिक वनमा लगेर बोरा र प्लाष्टिकले बेरेर गाडिदिए ।प्रहरी नायव उपरीक्षक पुलामीका अनुसार पुरुषको शव निकालिएको छ र १२ जना अभियुक्तहरु प्रहरी नियन्त्रणमा छन् । जडिबुटीको व्यापार गर्ने पुरुषसँग भएको नगद र जिन्सि लुट्न उनीहरुले हत्या रचेको पुलामीले बताए ।source:dcnepal.com
Loading...