.

अमेरीकाममा रहेका नेपालीहरूलार्इ प्रक्राउ गर्न र देश निकाला गर्न १० हजार फाेर्स परिचालन

काठमाण्डौँ । अमेरीकी राषट्रपति डोनाल्ड ट्रम्पले गैर कानुनी तरिकाबाट  कागजबिहिन रहेका अाप्रवासीहरूलार्इ देशबाट निकाला गर्न हालै १० हजार फाेर्स परिचालन गर्ने नयाँ नीति लयाएका छन ।  राष्ट्रपति  ट्रम्पले कागजविहीन आप्रवासीलाई देश निकाला गर्ने नयाँ नीति सार्वजनिक गरेकाहुन । नीतिमा राजनीतिक शरण खोज्ने आप्रवासी प्रवाहलाई समेत निरुत्साहित गर्ने उल्लेख छ ।
अमेरीकामा हालै गरेकाे प्रारम्भिक अनुशन्धानकाे रिपाेर्ट अनुसार १ कराेड२० लाख अाप्रवासी अवैधानिक रूपमा बसाेबास गर्दै अाएका छन । जसमा नेपालीकाे संख्या मात्रै दुर्इ लाख माथी देखिन्छ । अमेरीकी राषट्रपति  ट्रम्पले ल्याएकाे याे नीति पछिल्लाे केही दशकभन्दा  कडा अाप्रवासी नीति मानिएकाे छ ।
यसरी कानुन बिपरीत र कागजबिहीन अाप्रवासीलार्इ अाफ्नाे देशबाट निकाला गर्न ट्रम्पले  १० हजार ‘फोर्स’ परिचालन गर्ने भएका छन ।  नीति अनुसार संघीय सरकारले कागजविहीन आप्रवासीलाई पक्राउ गर्ने र देशनिकाला गर्ने अभियान द्रुत रुपमा बढाउनेछ। ट्रम्पले ल्याएकाे नीतिले कराेडाै अाप्रवासीसंगै बिना भिसा अमेरीकामा रहदै अाएका लाखाै नेपालीहरू पनि प्रत्यक्ष प्रभावित हुने भएका छन । हवाई, जल र स्थलमार्ग हुँदै अवैध रुपमा अमेरिका छिरेकाहरु यसबाट सबभन्दा बढी प्रभावित हुने देखिएकाे छ ।
source:purbelinews.com
Loading...
Share on Google Plus