आँखा फरफरायो भने कुनै घटना वा खबर प्राप्तिको संकेत हो भन्ने
विश्वास हाम्रो समाजमा गरिन्छ । आँखाको फरफराई पनि महिला र पुरुषमा अलग–अलग
तरिकाले विश्वास गरिन्छ । कुनै समाजमा पुरुषमा दाहिने आँखा फरफरायो भने
शुभ समाचारको सूचक मानिन्छ भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचक
मान्ने गरिन्छ । महिलामा भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको
सूचकका रुपमा लिने गरिन्छ ।
तर, यो पूर्णत वैज्ञानिक कारणसंग जोडिएको कुरा हो । यसमा आँखाको परेला
फरफराउँछ । यो फरफराई केही सेकेण्डसम्म या केही घण्टासम्म जारी रहन्छ ।
कसै कसैमा हप्तौंसम्म पनि जारी रहेको पाइन्छ । अधिकांशमा तल्लो परेला
फरफराउने गरेपनि कसै कसैमा भने माथिल्लो आँखा पनि फरफराउने गर्छ । यसको
वास्तविक कारण थाहा नभएपनि सुख्खा आँखा, प्रकाश सवेदनशिल आँखा, तनाव, थकान,
क्याफिनको प्रयोग, अल्कोहल, पोषक तत्वको कमी तथा एलर्जी आदिका कारणले आँखा
फरफराउँछ । यो कुनै गम्भीर समस्या होइन ।
Loading...