शाहरुख खान आफ्नो फिल्म ‘रईस’को
प्रवद्र्धनको लागि वडोदार जाँदै थिए। उनी चढेको रेल आइपुग्ने समयभन्दा
अगाडि नै रेल्वे स्टेशनमा मान्छेको ठूलो भिड जम्मा भइसकेको थियो।
शाहरुखलाई एक झलक हेर्न व्यग्र भिडलाई शान्त
पार्न प्रहरीले लाठीचार्ज गर्नुपर्यो। जब रेल आइपुग्यो त्यतिबेला
शाहरुखलाई एक पटक हेर्न भिडमा ठेलाठेला भयो। प्रहरीले हस्तक्षेप
गर्नुपर्यो। प्रहरी हस्तक्षेपका कारण एक व्यक्तिले ज्यानै गुमाउन पुगे।
मृत्यु हुने व्यक्ति स्थानीय सामाजिक
कार्यकर्ता फहिद खान रहेको प्रहरीले जानकारी दियो। शाहरुखका फ्यान तथा
प्रहरीबीच भएको झडपमा एक प्रहरी सहित दुई व्यक्ति घाइते भएका छन्। शाहरुखले
आफू सो स्थानबाट हिँडिसकेपछि घटना भएको दाबी गरेका छन्।
घटना दुर्भाग्यपूर्ण: शाहरुख
शाहरुखलाई हेर्न जम्मा भएको भिड
प्रहरी झडपमा आफ्ना फ्यानले ज्यान गुमाएको
विषयबारे शाहरुख खानले घटना दुर्भाग्यपूर्ण भनेका छन्। ‘जसको मृत्यु भयो ऊ
हाम्रो सहयोगीको नातेदार हो। हृदयघातका कारण उनको निधन हुनपुग्यो।
त्यतिबेला म रेल्वे स्टेशनबाट हिँडिसकेको थिएँ’, उनले भने।
घटनाबाट आफू दुःखी भएको भन्दै शाहरुखले परिवारलाई सहयोग गर्ने बचन दिएका छन्।
रईसमा शाहरुख गुजरातको एकजना मदिरा
व्यापारीको भूमिकामा देखिँदैछन्। यो पटक उनले आफ्नो फिल्मको प्रवद्र्धनका
लागि रेलबाट यात्रा गरिरहेका छन्।
Loading...