काठमाडौं ।
‘अर्काकी छोरीको इज्जतसँग खेलबाड गर्नेले आफ्नो पनि छोरी–चेली छन् भन्ने
बिर्सनुहुँदैन !’ ठीक यही कुरा लागू भएको छ, गायक प्रकाश ओझाको जीवनमा ।
सर्वोच्च अदालतले दुई साताअघि १० वर्षको
कैद तोक्नुअघि पाटन उच्च अदालते उनलाई पुरानो कैदबाट बाँकी रहेको छ महिनाको
कैद भुक्तान गर्न आदेश दिएको थियो, आठ महिना पहिल्यै । यस्तो हुँदा
अभियुक्त आफैं अदालत उपस्थित भएमा उसले निश्चित प्रतिशत कैद मिनाहा पाउने
व्यवस्था छ ।
तर यो कुरा जान्दाजान्दै पनि उपस्थित हुन
नसक्ने बाध्यतामा थिए । कारण हो, छोरीको विवाह । त्यसै पनि प्रकाश ओझाकी
छोरी भनेर विगत १० वषदेखि यातनापूर्ण जीवन बिताइरहेका बिचरीहरू जसोतसो यो
समाजमा हुर्किए, पढे, बढे । इटहरी होस् या समाजमा जहाँ पुगे पनि बाबुको
बद्नामीको दाग निर्दोष छोरी–चेलीमाथि खनिइरह्यो ।
काठमाडौंबाट प्लस टु सिध्याएकी ठूली छोरी
केही वषअघि एजुकेशन कन्सल्टेन्सीको मद्दतमा अमेरिका पुगिन् । गएको दशैंअघि
छोरीले उतै बस्ने एकजना नेपालीसँग विवाहको निधो गरिन् । भदौमा टीकोटालो भयो
।
पत्नीको साथ लागेर प्रकाश महाराजगञ्जस्थित
अमेरिकी दूतावास पुगे । दूतावासले प्रकाशलाई सरी भनेर पर्काक्ष्दियो ,
पत्नीको भने भिसा लाग्यो, गइन् । दूतावासले नेपालमा फौजदारी अभियोग
झेलिरहेको व्यक्ति भएका कारण उनलाई भिसा दिएन ।source:purbelinews
Loading...