सो प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई आइसीसी, प्रशिक्षक र कप्तानको सहमतीमा टिम बनाइनेछ । मार्च ११ र १३ तारिखमा नेपालले केन्या विरुद्ध किर्तीपुर मैदानमा प्रतियोगिता खेल्दैछ । आठ खेलबाट ६ अंक बोकेको नेपाल छैटौ स्थानमा रहेको छ ।
केन्याले समान खेलबाट ८ अंक बनाउदै पाचौ स्थानमा छ । केन्या विरुद्धको खेलका लागि यो प्रतियोगिता लगत्तै मैदान निर्माणको काम हुनेछ । केन्या विरुद्धको खेल अघि अरु कुनैपनि प्रतियोगिताका लागि किर्तीपुर मैदान भाडामा दिइनेछैन । पुर्वाधारको अवलोकन गर्न आइसीसीका प्रतिनिधी नेपाल आउनेछन । यसअघि नेपालले नामिविया विरुद्ध अन्तिम पटक किर्तीपुरमा खेलेको थियो । जसमा नेपालले दुबै खेल जितेको थियो ।
Loading...