कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल, उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिलगायतको उपस्थितिमा दाहालले व्यक्त गरेको धारणा उद्धृत गर्दै स्रोतले भन्यो, ‘सहमतिबिना निर्वाचन घोषणा हुँदैन, नहुने निर्वाचनको मिति घोषणा गर्नुभन्दा मेरो लागि सत्ता त्याग्नु उत्तम हुनेछ।’प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको माओवादी केन्द्र, कांग्रेस र मधेसी मोर्चाको बैठकमा प्रधानमन्त्री दाहालले यस्तो धराणा राखेका हुन्।
प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै मोर्चाका एक शीर्ष नेताले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिले राजनीतिक अस्थिरता देखिने गरी राजतन्त्रको कार्ड प्रयोग गरिरहेका छन्।’
कांग्रेस निर्वाचनको रट लाएर प्रधानमन्त्रीलाई असक्षम बनाउँदै आफू सत्ता नेतृत्वमा आउने राजनीतिमा रहेको आरोप पनि दाहालले लगाए।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल, उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिलगायतको उपस्थितिमा दाहालले व्यक्त गरेको धारणा उद्धृत गर्दै स्रोतले भन्यो, ‘सहमतिबिना निर्वाचन घोषणा हुँदैन, नहुने निर्वाचनको मिति घोषणा गर्नुभन्दा मेरो लागि सत्ता त्याग्नु उत्तमत हुनेछ।’
दाहालले काँग्रेससँग भएको सहमती अनुसार नै सत्ता त्याग्ने बताएका छन्। ‘गठबन्धनसँग भएको सहमति अनुसार सत्ता त्याग्छु, कुर्ची मोहमा राजनीति गर्दिन’, दाहाललाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘म कुर्चीका लागि राजनीतिक मूल्य, मान्यता विपरित जान्नँ।’
‘२०१७ साल दोहोरिन्छ किन भनेको, यो कृतिम भूत हो कि साँचो हो?’, मोर्चाका नेताहरूले राखेको जिज्ञासामा घुमाउरो भाषामा दाहालले भने, ‘माओवादी केन्द्रका लागि राजा, मोहन वैद्य, नेत्रविक्रम चन्द र मोर्चाका लागि सिके राउतलगायत मधेसका शक्तिले अप्ठेरो पार्दैछन्।’
‘गम्भीर राजनीतिक दुर्घटना भएपनि कांग्रेस र एमालेलाई कुनै संकट आइपर्दैन, तर २०६२/६३ का परिवर्तनकारी शक्तिका लागि आउने दिनहरू अझै चूनौतिपूर्ण छन्’ दाहालको विश्लेषण छ।
मुलुकलाई राजनीतिक दुर्घटनामा पुर्याउन संशोधन कि निर्वाचन भन्दै दलबीच देखिएको ध्रुवीकरण राजनीतिक चालवाजी मात्रै रहेकोमा दाहालले जोड दिएका छन् ।
अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
Loading...