
भक्तपुर। प्राय मन्दिरमा आजसम्म दक्षिणाको नाममा पैसा
अथवा गहना चढाईन्छ । तर सोच्नुस कि यदि तपाइलाई मन्दिरमा पुजाअर्चना
गरेपछि प्रसादको रुपमा सुन पाउनुभयो भने के गर्नुहुन्छ ? अचम्ममा
नपर्नुहोस किनकी एक यस्तो मन्दिर छ जहाँ भक्तहरुलाई प्रसादको रुपमा सुनको
आभुसन दिईन्छ । यो मन्दिर भारतको मध्य प्रदेश को रत्लाम मा अवस्थित छ । यो
देवी महालक्ष्मी को प्रसिद्द मन्दिर हो । यो मन्दिरमा वर्षभरि मानिसको भिड
हुने गर्छ तर वर्षमा केहि दिनको लागि मन्दिरमा कुबेरको दरबार लाग्ने गर्छ ।
वर्षभरिमा आएका भक्तजन यहाँ करोडौ रुपैया र गरगहना चढाउछन । खासगरी
दिवालिको दिनमा माताको दरबार सुन-चादी र नोटले सजाइएको हुन्छ । यस प्रसाद
लिनको लागि मानिस विभिन्न ठाउबाट आउने गर्छन । यस बिशेस प्रसाद कहिल्यै
खर्च गर्दैनन् ।
सयौ वर्ष पुरानो मन्दिर मा चढाईएको पैसाको पुरा हिसाब राख्ने गरिन्छ
ताकी भक्तहरुलाई उनीहरुका पैसा फिर्ता पाउन सकुन । सुरक्षाको लागि
मन्दिरमा CCTV क्यामराको साथै पुलिसलाई पनि राखिएको छ ।
source: पिएनपी मिडिया