मदागास्कर । जन्ती लिएर हिँडेको एक गाडी (लरी) दुर्घटना हुँदा यसमा यात्रारत बेहुलीसहित कम्तीमा ४५ जनाको मदागास्करको उत्तरपूर्वी सहर अन्जाजोरोवमा मृत्यु भएको यहाँका अधिकारीले जनाएका छन् ।अन्जाजोरोव मदागास्करको राजधानी अन्तानानारियोबाट ९० किलोमिटर उत्तरपूर्वमा अवस्थित सहर हो । मृत्यु हुनेमा नौ जना बालबालिका, २७ महिला र नौ जना पुरुष रहेको र २४ जना घाइते भएको अन्जाजोरोवका नगरप्रमुख लोभा एन्ड्रिया मानान्टसोवाले जानकारी दिए ।
करिब ७० जना जन्ती लिएर हिँडिरहेका गाडी एक्कासी सडकबाट नदीमा खस्दा अधिकांश नदीमा डुबेको बताइएको छ ।
Loading...