
कुनै समय यस्तो पनि थियो नायक राजेश हमाल एकदिन पनि फुर्सद भएको महशुस गर्न
पाउँदैन थिए । एक चलचित्रको काम सकियो अर्को चलचित्रमा अनुबन्धित भइहाल्थे
। त्यही व्यस्तताका बिच उनले दुईसय भन्दा बढी चलचित्रमा काम गरेको समेत
पत्तो भएन । कति चलचित्र सफल भए त कतिले निर्मातालाई कंगाल मात्र बनाए ।
तर, नायक राजेश हमाल सधै हिट भईरहे । उनलाई आफनो चलचित्रमा लिनका लागि
बर्षौसम्म आईनमा बस्ने निर्माताहरुलाई अहिले हमाल आफै खोजिरहेका छन् ।
कारण, लगातार आफु अभिनित चलचित्रहरु असफल हुँदै गएपछि अहिले हमाललाई आफ्नो
चलचित्रमा लिएर निर्माताहरु जोखिम मोल्न चाहँदैनन् । यही बर्षको भदौमा
प्रदर्शनमा आएको उनको चलचित्र ‘शकुन्तला’ रिलिज भएपछि अहिले हमाल कुनै पनि
चलचित्रको काममा व्यस्त छैनन् । खबरका अनुसार, उनले हालै ‘रेस’ नामक
चलचित्रमा महत्वपूर्ण भूमिका निर्वाहा गरेका छन् । तर, यसमा उनको मुख्य
भूमिका छैन । आफु मुख्य भूमिकामा रहेको चलचित्रहरु असफल हुँदै गएपछि
पछिल्लो समय हमाल विभिन्न चलचित्रमा गेस्ट रोलमा पनि देखिने गरेका छन् ।

कुनै
पनि चलचित्रमा व्यस्त नभएकै कारण अहिले राजेश हमाल श्रीमती मधु भट्टराईसँग
विभिन्न ठाउँहरु भम्रण गर्दै आइरहेका छन् । केही महिना अगाडी हमालसँग
श्रीमती मधुको सम्बन्ध राम्रो नरहेको खबर बाहिर आएपछि अहिले उनीको प्रेम
निकै लोभलाग्दो देखिन्छ । अहिले हमाल सार्वजनिक कार्यक्रममा जाँदा होस् वा
घुम्न जाँदा नै किन नहोस् श्रीमतीलाई छुटाउँदैनन् । यि सबै हमालको फेसबुकमा
हेर्दा पनि थाहा हुन्छ । हालै हमाल श्रीमती मधुलाई लिएर चितवन पुगेका थिए ।

त्यहाँ
हमाल दाम्पत्यले हात्तिमा चढेर सफर मात्र गरेनन् बल्छि थापेर माछा मार्ने
देखी ढिकी समेत कुट्न भ्याए । हमालले ढिकी कुट्दा श्रीमती मधुले भने कुचो र
नाङ्गलो लिएर घान हालेकी थिइन । यि सबै तस्बिरहरु हमालले आफ्नो फेसबुकमा
पोष्ट गरेका छन् । तस्बिर हेर्दा यस्तो लाग्छ भर्खरै हमाल बैबाहिक जीवनमा
बाँधिएका छन् र उनीहरु हनीमुनका लागि विभिन्न ठाउँहरु पुगेर स्वर्णिम आनन्द
लिइरहेका छन् ।
source:cinekhabar.com