बाथरुम सफा राख्नु पर्छ । शास्त्रका अनुसार फोहोर बाथरुमले नोक्सान पुर्याउँछ । बाथरुम फोहोर गर्दा चन्द्रमाको स्थिति खराब हुन्छ जसले आर्थिक तनाब झेल्नु पर्छ । त्यसैले आफ्नो बाथरुम सधै सफा राखौ ।
थालमा खाना नछोडनुहोस । शास्त्रका अनुसार थालमा खाना छोडनु हुदैन । खाना खाइसकेपछि थाल सफा गर्नुपर्छ । यसो गर्दा लक्ष्मी माताको कृपा बन्छ र समृद्यि बढ्छ ।
कहिले काँही हामीले घरको स सानो काम पनि ध्यान दिदैनौ । तर शास्त्रका अनुसार यो महत्वपूर्ण हुन्छ । यदि घरमा सधै आफ्नो बिस्तारा सफा गरेनौ भने घरमा दरिद्रि आउछ त्यसैले सधैँ बिस्तारा सफा गर्नु पर्छ ।
शास्त्रकाअनुसार बिस्तारा सधै बिहानमा नै सफा गर्नु पर्छ । रातमा बिस्तारा सफा गर्दा घरमा नकरात्मक असर पर्छ ।
घरको आसपास थुक्नाले दरिद्रता आउछ । शास्त्रका अनुसार आसपास थुक्नाले लक्ष्मी रिसाउछिन ।त्यसैले बाटो वा घरको आसपास थुक्न हुदैन ।
शास्त्रकानुसार सूर्यास्त पछि झाडु लगाउन हुदैन । यस्तो गर्नु असुभ मानिन्छ । शास्त्रका अनुसार सूर्यास्त पछाडि झाडु लगाउनुको मतलब आफ्नो खुसिलाई झाडु लगाउनु हो ।
आफ्नो घरको उत्तर दिशामा सकरात्मक चिज राख्नुहोस र यस दिशाको सरसफाइमा पनि बिशेष ध्यान दिनुहोस किनकि यस दिशामा कुबेरको घर हुन्छ ।
यदि आफ्नो घरमा धनका देवता कुबेरको स्थापना गर्न चाहानुहुन्छ भने उत्तर दिशातिर गर्नुहोस । शास्त्रकाअनुसार यस दिशामा पुजा घर बनाउन शुभ हुन्छ र सुख सान्तीको पनि बास हुन्छ ।साभार: मिडिया एनपी
Loading...