
एजेन्सी। जेट एयरवेजको विमान मंगलबार एकाबिहानै दुर्घटनाग्रस्त बन्दा १५ यात्रु घाइते भएका छन् । भारतको गोवा एयरपोर्टमा विमान दुर्घटनाग्रस्त बनेको बिबिसीले जनाएको छ ।
बिबिसीका अनुसार मंगलबार बिहान जेट एयरवेजको विमान 9w 2374 १५४ यात्रु बोकेर मुम्बई उड्न लागेको विमान रनवेमा चिप्लिदा १५ जना घाइते भएका छन् ।
दुर्घटना पश्चात विमानस्थल दिउँसो १२स्३० सम्मको लागि बन्द गरिएको बताइएको छ ।
विमान दुर्घटनामा घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार जारी राखीएको छ । विमानका विषयमा थप विबरण आउन बाँकी छ ।
-