प्रधानमन्त्रीका
स्वकीय सचिव प्रकाश दाहालको हर्कतका कारण उनले माओवादी छाडेको राप्रपाका
एक नेताले बताएका छन् । केटीको मामलामा एकदम कमजोर प्रकाश दाहालले निकै
लामो समयदेखि थापालाई फोन गरेर ‘सेक्सुअल ह्यारेसमेन्ट’ गर्न थालेपछि थापा
दिक्क मान्दै आएकी थिइन् ।
तर, पनि प्रकाशको बानी व्यहोरा नसुध्र्रिएपछि उनी माओवादी छाडेर राप्रपा प्रवेश गर्न बाध्य भएकी हुन् ।
प्रकाशको
अर्काे लफडा स्वकीय सचिवहरुको टिम कमजोर हुँदा प्रधानमन्त्री पुष्पकमल
दाहाल ‘प्रचण्ड’ बेला बेलामा बदनाम हुने गर्दछन् । कहिले अंग्रेजी नै
नजानेका व्यक्तिलाई अंग्रेजीमा प्रेस रिलिज निकाल्न लगाउँछन् भने कहिले
सचिवालयका व्यक्तिहरुको मर्यादाविपरीतका गतिविधिका कारण उनको आलोचना हुने
गरेको छ ।
भारतको गोवामा भएको ब्रिक्स
सम्मेलनमा स्वकीय सचिव रहेका छोरा प्रकाश दाहालले मर्यादाविपरीत गतिविधि
गर्दा प्रचण्डको बेइज्जती भएको थियो । तर पनि प्रकाशका त्यस्ता गल्तीहरु
रोकिएका छैनन् ।
व्यक्तिहरुको
मर्यादाविपरीतका गतिविधिका कारण उनको आलोचना हुने गरेको छ । भारतको गोवामा
भएको ब्रिक्स सम्मेलनमा स्वकीय सचिव रहेका छोरा प्रकाश दाहालले
मर्यादाविपरीत गतिविधि गर्दा प्रचण्डको बेइज्जती भएको थियो । तर पनि
प्रकाशका त्यस्ता गल्तीहरु रोकिएका छैनन् । आइतबार जन्मदिनको दिनमा पनि
प्रकाशले आफ्नो बुबाको शिर झुकाउने काम गरे ।
गत
आइतबार प्रचण्डको ६२ औं जन्मदिन थियो । जन्मदिनको दिन बिहानै जनयुद्धका
सहयोद्धा तथा नेकपा(क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन बैद्य उनलाई
भेट्न बालुवाटार गएका थिए । भेटघाटमा बैद्यले प्रचण्डलाई जन्मदिनको
शुभकामना दिएको भन्दै प्रकाशले प्रचण्डको बेबसाइटमा फोटोसहित समाचार राखे ।
तर, बैद्यलाई प्रचण्डको जन्मदिनबारे कुनै जानकारी नै रहेनछ ।
दिउँसो
नै उक्त कुरा झुट भएको वैद्यले नै खोलिदिए । जसका कारण प्रचण्डलाई अप्ठेरो
प¥यो । आफूले प्रचण्डलाई जन्मदिनको शुभकामना दिएको कुरा झुटो भएको नेता
बैद्य बताउँछन् ।
खासमा उनी पार्टी
कार्यालयसम्बन्धी विवादको विषयमा कुरा गर्न प्रचण्डलाई भेट्न गएका रहेछन् ।
बैद्य भन्छन्–‘जन्मदिनको शुभकामना दिएको कुरा वाहियता हो, मलाई
जन्मदिनबारे थाहा पनि थिएन, फेरि हामी जन्मदिन मनाउने व्यक्ति पनि होइनौं
।’ तर, प्रकाशले बैद्यले शुभकामना दिन गएको भनेर झुटको खेती गरे ।
जसकारण
आइतबार वालुवाटार मात्र होइन प्रधानमन्त्री कार्यालयमा पनि हल्लीखल्ली
मच्चियो । यस्तै उटपट्याङ गतिविधिका कारण प्रकाश बेला बेलामा विवादमा आउने
गर्दछन् ।
दृष्टी साप्ताहिकबाट ।
- See more at: http://suchanakendra.com/archives/55111.html#sthash.FIZUFbsN.dpuf
Loading...