काठमाडौं, पुस १३ – हलिउड र बलिउड फिल्ममा
स्थापित अभिनेत्री प्रियंका चोपडाले सिक्किम बेस्ड नेपाली फिल्म बनाउने
भएकी छिन् । उनले होम प्रोडक्शनबाट फिल्म निर्माण गर्न लागेकी हुन् । 
होम प्रोडक्शन पर्पल पेबलबाट प्रियंकाले
यो भन्दा पहिले मराठी फिल्म भेन्टिलेटर, भोजपूरी फिल्म बम बम बोल हा है
निर्माण गरिसकेकी छिन् । त्यस्तै उनले पंजाबी फिल्म श्रावण निर्माण
गरिसकेकी छिन् । जुन रिलिजको तयारीमा छ । प्रियंकाको यो कार्य स्थानीय
स्तरका स्रोत साधनको प्रयोग गरेर स्थानिय स्तरकै कलाकारलाई मौका दिने
हिसाबले अघि बढीरहेको छ ।
प्रियंकाले बनाउन लागेको सिक्किम बेस्ड
नेपाली फिल्म पौवामा कलाकार र क्रु मेम्बरहरु नेपाल र सिक्किमका हुने
प्रियंकाकी आमा मधु चोपडाले जानकारी दिएकी छिन् । पौवाको अर्थ पाहुना हुन्छ
। यो फिल्मको कथा कुनै कारण आमा बुवाबाट टाढिएका बालबालिकाको वरिपरि
घुम्नेछ । यसपछि प्रियंकाले भारतको राजस्थान र छत्तिसगढमा फिल्म निर्माण
गर्ने पनि आमा मधुले जानकारी दिएकी छिन् ।
Loading...