वास्तवमामुना थापाकाे
आफ्नै आँखाको आँसु भने सकिएको हैन । उनलेे अहिले माया लाउने
जाेडिहरुकाे प्रेम कहानी समेटिएको गितमा स्वर भर्ने क्रममा शब्दमा मात्रै
आँखाकाे आँसु सकिएको हाे । चर्चित गायिका थापा मगर र गायक शक्ति चन्दकाे
स्वरमा "आँसु आँखाकाे"—- बाेलकाे लाेक दाेहाेरि गित भर्खरै
बजारमा आएको छ । पछिल्लो समयको व्यस्त तथा चर्चित गायिका थापाले स्वर दिएका
गितहरुले श्राेताकाे मन जितिरहेका छन् । यसैबीच याे गितले पनि मन जित्ने
विश्वास गायिका थापाको छ । प्रकाश चन्द र दिलिप हमालकाे शब्दमा अमित बाबू
राेकायकाे लय रहेको गित युटुबमा सार्वजनिक भएको छ । प्रेम थापाको निर्देशन,
नवीन घर्तीकाे सम्पादनमा मनाेज चाैहानकाे छायांकनमा निर्माण गरिएको
म्युजिक भिडियोमा अभिनय भने जित साउद र अर्पना लामाले गरेका छन् ।
युवाहरूको प्रेम कहानी समेटिएको गितले पक्कै पनि दर्शक श्राेताकाे मन
जित्ने छ ।
चर्चित गायिका मुना थापाको आँखाको आँसु सकिएको खुलासा (हेर्नुस् पूरा भिडियो)