
काठमाडौं : बिहीबार संसद
बैठक स्थगित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख
प्रतिपक्षी दल नेकपा एमालेका अधयक्ष केपी शर्मा ओलीबीच संसद भवनभित्रै छोटो
भलाकुसारी भयो। प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली आआफ्नो सिटबाट उठेपछि
हात मिलाउँदै भलाकुसारी गरेका थिए।
उनीहरुबीच अनौपचारिक कुराकानी भैरहँदा सँगै थिए एमाले सांसद रवीन्द्र
अधिकारी।
'तपाईँको अनुहार पनि हेर्न मन लागेको छैन। तपाईँहरुले दर्ता गरेको संविधन
संशोधन विधेयकले मुलुकलाई दुर्घटनातर्फ लान्छ, निकास दिँदैन', ओलीको भनाई
उद्धृत गर्दै सांसद अधिकारीले भने, 'चुनावको वातावरण बनाउन दर्ता गरेको
भन्दै हुनुहुन्छ तर यसले चुनावको वातावरण सुनिश्चित गर्दैन, अझै बिथोल्छ।'
अध्यक्ष ओलीले एमाले सधैँ चुनावको पक्षमा रहे पनि सरकारले दर्ता गरेको
विधेयकले चुनावको वातावरण बिथोल्ने बताए।